बिर्ताबजारमा डिभाइडरमा अटो ठोक्किएर पल्टिँदा एकजनाको मृत्यु


झापा ।  झापाको बिर्ताबजारमा सडक डिभाइडरमा अटो ठोक्किएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।
बिर्तामोड भद्रपुर सडक खण्ड अन्तरगत  बिर्तामोडबाट गरामनीतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो मंगलबार साँझ सवा ७ बजे बिर्तामोड- ३ स्थित महेन्द्ररत्न मावि अगाडि पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी अटोमा सवार ताप्लेजुङ घर भई हाल बिर्तामोड- ९ निवासी ३६ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ताप्लेजुङ पाथीभरा याङवरक-२ निवासी ३१ बर्षीया सामना लिम्बू घाइते भएका छन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण सो अटो सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो र प्रहरीले अटो र अटो चालक बिर्तामोड- ९ का ४२ वर्षीय अरुणकुमार तामाङलाई नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment