नगरपालिका भएको तीन महिना नपुग्दै अख्तियारको फन्दामा

 विर्तामोड, साउन १९  । शनिअर्जुन नगरपालिकामा कार्यरत कर्मचारी छविरमण पोखरेलले रसिदको प्रतिलिपिमा कम अङ्क लेखी गरिएको ठगी पत्ता लागेपछि नगरपालिका घोषणा भएको तीन महिना पनि नपुगी अख्तियार नगरपालिका प्रवेश गरेको छ ।
 
गत आइतबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पूर्ण कागजपत्रहरु लगेको नगरप्रमुख मोहनलाल पनेरुले जानकारी दिनुभयो । अब नगरपालिकाका सबै विकृति हटेर शुद्ध हुने नगरप्रमुख पनेरुको भनाइ छ । नगरका कर्मचारीले पदीय दुरुपयोग गर्ने गरेको सबै पक्षको गुनासो रहेको भएपनि प्रमाणसहित गत साउन ७ गते नगरका वडासचिव तथा प्राविधिक पोखरेललाई पत्रकारहरुको टोलीले पक्राउ गरेका थिए । वडासचिव पोखरेलले विष्णुकुमार भट्टराईको वडा नं ६ मा रहेको जग्गाको मूल्याङ्कन लिन नगरपालिका पुग्नुभएको पत्रकार दुसवी भट्टराईलाई रसिद नं ५९० बाट रु पाँच हजार बुझिलिएको रसिद दिएका थिए भने प्रतिलिपिमा रु ६० मात्र लेखिएको प्रतिलिपि फेला परेको थियो । घटना पछि नगरप्रमुख पनेरुले प्रारम्भिक कार्वाहीअन्तर्गत तत्काल अपलचन हुन लागेको रु चार हजार ९४० आम्दानी बाधेका थिए  भने २४ घण्टे स्पष्टीकरण सोधी वडासचिवको जिम्मेवारीबाट उनलाई हटाएका थिए । 
प्राप्त सूचनाअनुसार विष्णुकुमारलाई नगरपालिकाले दिएको जग्गा मूल्याङ्कन प्रमाणपत्रमा दर्ता तथा चलानी नम्बरसमेत हालिएको छैन । पुर्वाञ्चल दैनिकबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment