दूर्घटना घट्दै राजश्व बढ्दै 
गंगा पराजुली 
     इलाम,१० साउन/ जिल्ला ट्राफिक कार्यालय इलामको राजश्व संकलनमा वृद्धि आएको  छ । मेची राजमार्गमा सवारी नियम उलङघन गर्ने सवारीसाधनलाई कारबाही गरि ट्राफिक प्रहरी कार्यालयले २५ लाख बढी राजश्व संकलन गरेको हो । तथ्याङ्क अनुसार सवारी कारबाहीबाट ट्राफिक प्रहरी कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७०÷७१ मा २५ लाख ४२ हजार पाँच सय रुपैयाँ संकलन गरेको हो । 
राजमार्गमा सवारी नियम उलंघन गर्ने सवारीसाधन कारबाही र मद्यपान पिएर सवारीसाधन चलाउने चालक कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख टाइम सिवाकोटीले बताए । २०७० साउनदेखि २०७१ साउन मसान्तसम्म ट्राफिक प्रहरीले नौ १२ हजार ६७  वटा विभिन्न सवारीसाधन कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनकारी दिएको छ । सवारी नियम उलंघन गरिएका गाडी चालकबाट कारबाही स्वरुप जरिवाना गरिदै आएको छ । एक वर्षको अवधिमा माधक पदार्थ सेवन गरि सवारीसाधन चलाउने एक सय जना चालकलाई मापसे कारबाही गरिएको छ । माधक पदार्थ गरि सवारी चलाउने चालकलाई एक हजार रुपैयाँ राजश्व काट्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । सावारी नियम उलंघन गरि कारबाही पर्नेमा बाइक, यात्रुबाहाक बस, मालबाहक ट्रक, ट्रयाक्टर, जिप कार भ्यान, लगायत रहेका छन् । 
ट्राफिक प्रहरीको अथ्याङ्क अनुसार यात्रुबाहाक बस पाँच सय ३७, ट्रक एक हजार एक सय २२, जिपकार चार हजार पाँच सय ६४, मोटरसाइकल ४ हजार ८ सय ६१ र ट्रयाक्टर नौ सय ८३ रहेका छन् । कारबाही गरिएका सवारीसाधनमध्ये बसबाट एक लाख ५२ हजार, ट्रकबाट २ लाख २६ हजार  सात सय ५०, जिपकारबाट ८ लाख अठ्ठाइस हजार दुई सय पचास, मोटरसाइकलबाट १० लाख ७३ हजार आठ सय पचास र ट्रयाक्टरबाट दूई लाख ८ हजार चार सय पचास रुपैयाँ राजश्व संकलन भएको हो । 
ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र नभएको, भएर पनि साथमा नबोक्ने, प्रयोजन विपरित सवारीसाधन प्रयोग गर्ने, गाडीको अवस्था राम्रो नभइकन चलाउने, गाडीको स्वरुप परिवर्तन गर्ने, नम्बर प्लेट नलगाउने र ओभरलोड सामग्री बोक्ने सवारीसाधन बढी कारबाहीमा पर्दै आएका छन् । ट्राफिक नियम उलंघन हुन नदिन ट्राफिक प्रहरीले दैनिक रुपमा विभिन्न ठाउँमा सवारी चेकजाँच गर्दै आएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख टायम सिवाकोटीले जानकारी दिए ।  स्थानीय सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment