मोदीलाई इलामको चिया

काठमाण्डु, १८ साउन– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इलामको अर्थोडक्स चिया चखाएका छन् ।
संविधानसभा भवन नयाँबानेश्वरमा मोदीले व्यवस्थापिका–संसदका सदस्यलाई सम्बोधन गर्नुअघि भएको छुट्टै भेटमा नेम्वाङले आफ्नो गृहजिल्ला इलामबाट मगाइएको अर्थोडक्स चियाले उनलाइ स्वागत गरेका हुन् ।
लौकाको जुसको नियमित सेवन गर्ने गरेका मोदीले इलामे चिया मिठो मानेर खाएका छन् । संसद् सचिवालयका अनुसार मोदीले खाएको चिया संविधानसभा परिसरमा रहेको चमेना गृहमा पकाइएको हो ।
गत ४ मंसिरमा भएको संविधानसभा निर्वाचनमा नेम्वाङ इलामबाटै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments: