बम पड्काएर पानीको बहाव बढाउने प्रयत्न
काठमाडौ, श्रावण २० - भीषण पहिरोले थुनिएको जमेको सुनकोसी नदीको पानी बहावको मात्रा बढाउन नेपाली सेनाले प्रयत्न गरिहेको छ । पहिरोले बनेको अस्थायी बाँधमाथि बम विष्फोट गराएर पानीको निकास बढाउने कोशिस सेनाले गरेको छ ।
नदी थुनिएको चौथो दिन भइसक्दा पनि सुनकोसी थुनेर बनेको तालमा पानीको मात्रा स्थिर रहेपछि मंगलबार बिहान साढे ११ बजे त्यहाँ विष्फोट गराइएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले भूगर्भविद्, मौसमविद् र जलउत्पन्न प्रकोपको सल्लाह बमोजिम पानीको निकासको मात्रा बढाउन थालिएको हो । ठूलो जोखिम हुन नदिन सेनाले कम शक्तिको बम विष्फोट गराइरहेको छ । 'ठूलो विष्फोट गरायो एकैचाटी धरै फुट्ला भन्ने डर,' प्रजिअ पराजुलीले भने-'नियन्त्रित रुपमै बम विष्फोट गराई नदी खोल्ने प्रयास भइरहेको छ ।' उनले आज दिभभरी पानीको निकास बढाउन प्रयास गरिने बताए ।
पहिरोमा हराइरहेको खोजी कार्य पनि सेना,सशस्त्र र नेपाल प्रहरीले निरन्तर जारी राखेको छ । पहिरोले परिएको स्थानलाई स्काभेटको प्रयोगले हटाइने प्रयास जारी छ । अझै १ सय १७ जना हराइरहेको अनुमान गरिएको छ । अहिलेसम्म ३३ जनाको शव भेटिएको छ । वेपत्ता मध्येका कतिपय परिवारले कुशको शव बनाई हिन्दु परम्परा अनुसार दाह संस्कार गर्न थालेका छन् । प्रशासनले प्रति मृतक ४० हजार र घरको क्षति वापत ५ हजार रुपैयाँ राहत वितरण गरेको छ ।
शनिबार गएको पहिरोले सुनकोसी नदी थुनिनुका साथै अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । त्यस क्षेत्रमा ५ वटा विद्युत आयोजनाबाट उत्पादन हुँदै आएको ६७ मेगावाट बिजुलीको उत्पानद ठप्प भएको छ ।
0 comments:
Post a Comment