इलाममा चार पक्राउ

  इलाम, साउन विभिन्न घटनामा संलग्न चार जनालाई प्रहरीले बिहीबार इलाममा पक्राउ गरेको छ । लागूऔषध कारोबारमा संलग्न तीन जना र कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध ओसार–पसारमा संलग्न रहेको आरोपमा इनपा–२ का २७ वर्षीय सन्तोष श्रेष्ठ, २५ वर्षीय निमा शेर्पा र २२ वर्षीय साङ्वो लामालाई पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरीले जनाएको छ । गत माघ २४ गते इलामको फिक्कलमा सवारी चेकजाँचको क्रममा १० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका विमल भुजेल र शेखर खवासको बयानका आधारमा १६ जना संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालतमा मुद्दा दायर गरी पक्राउ पूर्जी जारी गरिएको थियो । प्रहरीले इलाम नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । भुजेल र खवासलाई जिल्ला अदालतले जनही ५० हजार लिई धरौटीमा रिहा गरे पनि पुनरावेदन अदालतले धरौटी लिई छाडिएका र पक्राउ पर्न बाँकी प्रतिवादीहरूलाई थुनामा राखी कार्बाही गर्न आदेश दिएको थियो । यस्तै इलाम कारागार आक्रमणका क्रममा फरार रहेका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त उर्गेन भनिने ४३ वर्षीय मणि लामालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरी कारागार चलान गरेको हो । फरार उनले दुई वर्ष मात्र कैद भुक्तान गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment