माइपोखरीको भौगर्भिक अध्ययन थालियो
इलाम, १६ साउन
‘भौगोलिक र जैविक अवस्थामा अध्ययन हुनु जरुरी थियो,’ स्थानीय उदय मुखियाले भने, ‘योसँगै पानीको रिचार्ज हुने हरेक स्रोतहरुको पहिले र अहिलेको अवस्थासँग दाँज्न जरुरीछ ।’ कतियले केही वर्षयता पानी कम परेको र जलवायु परिवर्तनका कारण पानी सुक्दै गएको वताउने गरेका छन् । २००८ अक्टोबर २८ मा एक दशमलव आठ हेक्टर पानीको भागसहित ९० हेक्टर जमिनलाई रामसार क्षेत्रमा सूचिकृत गरिएको हो ।
इलाम, १६ साउन
मध्यपहाडी क्षेत्रमा रहेको एकमात्र रामसार क्षेत्र माइपोखरीमा पानीको सतह अस्वभाविकरुपमा घट्न थालेपछि भौगर्भिक अध्ययन थालिएको छ । योसँगै जैविक अध्ययन पनि हुदैछ । दुईवर्ष यता पानीको सतह अत्याधिकरुपमा घटेको हो ।
अन्तराष्ट्रिय महत्वको धार्मिक, जैविक र पर्यटकीय वषेशता बोकेको माइपोखरीमा पानीको सतह घट्नुका अनेकन आँकलन गरिए पनि सम्वन्धीत निकायको पहलमा भूगर्भबीदको टोलीले यसै साता अध्ययन थालेको हो । दुई सातासम्म स्थलगतरुपमा गरिने अध्ययनवाट त्यहाँको भौगोलिक अवस्थाको सम्पूर्ण जानकारी प्राप्त हुनेछ । ‘यहाँको भौगोलिक अवस्थासँगै पानी सुक्न भौगोलिक वनावट कारक हो की हैन भन्ने विषयमा अध्ययनलाई केन्द्रित गरेका छौं,’ अध्ययनमा संलग्न सुवेस घिमिरेले भने, ‘यो प्रयासले जमिनमुनीको चट्टान र माटोको वृष्तिृत अवस्थाबारे जानकारी मिल्नेछ ।’ त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भौगोलिक शास्त्रअन्तर्गतका प्राध्यापक अध्ययनमा संलग्न छन् । पोखरीमा पानीको सतह घटेपछि पहिलो पटक गरिएको भौगोलिक अध्ययनले समस्याको पहिचान भएर पुनः पोखरीमा पानी भरिभराउ हुने क्रियाकलाप हुनेमा स्थानीय विश्वस्त छन् । माइपोखरीको अवस्थाबारे जानकारी लिन पाँचथरदेखि अध्ययन थालेको भूगर्भविदको टोलीले फिक्कलसम्मको भू–वनोट अध्ययन गर्दैछ । ‘मूख्यरुपमा माइपोखरीको तीन किलोमिटर क्षेत्रमा अध्ययनलाई केन्द्रित गर्नेछौं,’ टोलीमा संलग्न कमालाकान्त आचार्यले भने । नाम्सालिङ सामुदायिक विकास केन्द्रले स्थानीय सरोकारवालासँगको सहकार्यमा अध्ययनको व्यवस्था मिलाएको हो । ‘पानीको वैकल्पिक व्यवस्था गर्नेजस्ता कार्यक्रमको तयारी भएको बेला पहिला अध्ययन गर्नु पर्छ भन्ने मान्यताले सरोकारवालाको सहयोगमा पहल गरेका हौं,’ केन्द्रका दिनेश भट्टराईले भने । पोखरी आशपास रहेको घनाजंगलका वनस्पतीको विषयमा पनि पानी सुक्नको कारण बारे अध्ययन हुनेछ । माइपोखरी संरक्षणको नाममा भएका कतिपय काम पनि पानी सुक्नको कारण हुनसक्ने स्थानीय वताउछन् । पोखरी माथिको जालो हटाउनु, पोखरी क्षेत्रभित्र सिमेन्ट प्रयोग गरेर संरचना बनाउनु, आशपास मानवीय गतिविधि बढ्ने जस्ता कारणले पनि पोखरीको सौन्दर्य घट्नसँगै पानीको सतह घटेको उनीहरुको भनाई छ ।

दुई हजार एकसय २१ मिटरको उचाईमा रहेको यो क्षेत्रमा गलैचे झ्याउ, ठकठकेजस्ता दुर्लभ वनस्पती र जीव पाइन्छन् । सदरमुकामवाट १३ किलो मिटर उत्तरमा रहेको माइपोखरी धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले दैनिक श्रद्धालुहरु पुग्ने गर्छन् । सन्देश साप्ताहीकबाट
0 comments:
Post a Comment