तीज पर्वको महत्व
मचाराजा महर्जन
भाद्र शुक्ल तृतीया तिथिका दिन मनाइने तीज पर्वले नेपाली नारीको आफ्नो धर्म र संस्कृतिप्रतिको अटुट आस्था, धार्मिक विश्वास एवं व्रतपरायणप्रतिको समर्पण भावलाई राम्ररी परिभाषित गर्दै आएको छ । दरखाने, तीज र ऋषिपञ्चमी गरी तीन दिन मनाइने नारीहरुको यो विशिष्ट पर्वभित्र अनेकौं किसिमका सामाजिक, मूल्यमान्यताका
साथै धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई एकैसाथ समेटिएको छ ।
अहिले तीज आउन एक महिना अघिदेखि नै दर खाने कार्यक्रमको नयाँ परम्परा शुरु भएको छ । माइतीमा चेलिबेटी बोलाएर मनाइने तीज पर्वले यतिबेला अर्कै रुप धारण गरिसकेको छ । महिला भेला गरी पार्टी गर्नु र पार्टीसँगै चुरा पोते उपहार दिने चलन बढ्दै गएकोे छ ।
नैरथा, नौ दिन, पञ्चक पाँच दिन, सो¥ह श्राद्ध दिन भने झैं अव तीज तीस दिन मनाउने चलन बन्दैछ । वास्तवमा तीज अब गच्छे अनुसार मनाउने रमाइलो पर्व रहेन । तीजले भड्किलो रुप धारण गरिसकेको छ । सम्पन्न वर्गका लागि तीज एउटा रवाफ देखाउने पर्वका रुपमा विकसित हुँदैछ । पहिले चलिबेटीलाई गच्छे अनुसारको रातो चुरापोते र टीका दिएर तीज पर्व मनाइन्थ्यो तर अहिले सबैलाई चुरापोते दिनु पर्ने अनिवार्य जस्तै बनेको छ ।
दरखाने दिन ः भाद्र शुल्क द्वितीयाका दिन दर खाने चलनलाई नेपाली नारीले पर्वकै रुपमा मनाउँदै आएका छन् । आफ्नै किसिमको मौलिक सामाजिक संस्कार र संस्कृति अन्तर्निहित दर खाने र दर खुवाउने दिन आफ्नी विवाहित छोरीलाई माइतमा ल्याएर व्रत बस्ने अघिल्लो दिन राति १२ बजेभित्र ख्वाइने खानेकुरालाई दर भनिन्छ । साँझ खाना खाएर सुतेपछि आधारातमा उठेर दर खाने चलन छ नेपाली समाजमा ।
क्यासेटमा आधुनिक गीत घन्किरहेको थियो, छड्के तिलहरी, रातो साडी र गहनाले सजिएका महिला हातमा वाइनको गिलास लिएर कम्मर मर्काई मर्काई नाचिरहेका थिए । कोही भन्दै थिए दुई चार राउन्ड तास पनि खेल्नु पर्छ । उनीहरुलाई साथ दिँदै थिए, नवयौवना युवतीले । त्यहाँको माहोल हेर्दा लाग्थ्यो, त्यहाँ कुनै मिनी पार्टी चलिरहेको छ । पछि कुरा बुझ्दै जाँदा त्यहाँ त दर खाने कार्यक्रम पो रहेछ ।
हरितालिका (तीज) ः पौराणिक कथा अनुसार पार्वतीले शिवलाई पति पाऊँ भनी व्रत बसेको कथासँग हरितालिका (तीज) जोडिएको छ । भाद्र शुक्ल तृतीया तिथिका दिन पानीसम्म नपिएर निराहार बसेर मनाइने तीज नारीको अद्वितीया धामिर्मक पर्व हो । सो दिन बिहान नुहाइधुवाई गरेपछि शिव पार्वतीको मन्दिरमा गई पूजा गरिन्छ । अविवाहित नारीले रुप, गुण, शील, प्रतिभा र ऐश्वर्य आदि विशिष्ट गुणले युक्त पति पाउने उद्देश्यले व्रत लिने गर्दछन् । विवाहित नारीले पति र परिवार एवं आफ्नो सौभाग्यको रक्षाका साथै आफूले चिताएको सम्पूर्ण इच्छा पूरा होस भन्न व्रत लिने गरेको पाइन्छ ।
ऋषिपञ्चमी ः तीजपछि लगत्तैको पञ्चमीलाई ऋषिपञ्चमी भनिन्छ । सो दिन वर्षदिनको समयावधिमा आफूबाट जानेर नजानेर पनि कुनै किसिमको पापकर्म हुन गएको छ भने त्यसबाट मुक्ति पाउने उद्देश्यले नारीले शिव मन्दिरहरुमा गएर कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ नाम गरेका सप्त ऋषिहरुको विधिपूर्वक पूजाआजा गर्ने चलन छ । यस पूजालाई नै ऋषिपञ्चमी भनिन्छ । सप्त ऋषिहरुको पूजा–आराधना गर्नु अघि आफ्नो शरीरलाई पवित्र तुल्याउनु पर्ने प्रचल पनि छ । यस क्रममा पूजा गर्नु अघि वर्षको एक दिनको दरले अपामार्गको दतिवनले ३६५ पटक नै दाँत सफा गर्ने गर्छन् र ३६५ पटक नै स्नान गर्ने गर्छन् । त्यसपछि सप्त ऋषिको पूजा गर्छन् ।
भड्किलो तीज ः यतिबेला तीज मनाउने शैली भड्किलो बन्दै गएको छ । दर खाने बहानामा तीज आउनु महिनादिन अघिदेखि चन्दा उठाएर घर, होटल र रेस्टुराँमा रमझम गर्छन् चेलीहरु । क्याटरिङ बोलाएर भोज गर्नेहरु पनि छन् । ज्वाइँलाई समेत बोलाएर दर खुवाउने चलन भित्रिसकेको छ । देखासिकीले शहरी भेगमा तामझाम र प्रतिस्पर्धा बढेको छ । लाग्छ, नाच्ने र खाने पर्व मात्रै हो तीज । “राम्रा लुगा र गहना लगाएर नाच्दा महिला उपभोग्य वस्तुका रुपमा मात्रै चिनिन्छन् । यसबाट व्यक्तित्व विकास हुँदैन ।”
तीज गीत ः तीजको अर्को पक्ष भनेको दुःख, सुख र मनको वेदना पोख्ने गीत हो । मूलतः यस पर्वमा गरिने कार्यले धार्मिक पक्षलाई उजागर गरे पनि यति बेला गाइने गीतहरुले महिलाको पीडा तथा सामाजिक र आर्थिक पक्षलाई पनि त्यति नै प्रतिबिम्बित गरेको पाइन्छ । बाजा नबजाई गाइने ‘लोकलहरी“ हो तीज गीत । पहिले पहिले थप्पडीका भरमा गाइन्थ्यो । हिजोआज मादल, डम्फु र झ्यालीको तालमा गाइन्छ । यतिबेला नारी र पुरुष स्वरमा तीज गीतका अनेकौँथरीका गीतका क्यासेट बजारमा निक्लिएका छन् । कतिपय गीत त उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि छन् । तिनले तीजप्रति विकर्षण गराउन सक्छन् । तीज गीत गाउनुभन्दा आफ्ना कमजोरी र अभावलाई ज्ञानले छोप्नतिर महिला लाग्नु पर्ने देखेकी छन् । अचेल सामाजिक विकृति र विसङ्गतिका शृङ्खला गाइन्छ तीज भाकामा । समयको परिवर्तनसँगै समाज बदलिएको छ । तर घरपरिवार र समाजमा महिलामाथि हुने विभेद मेटिएको छैन । विभेदको मात्रा धेरथोर भए पनि सबै वर्गका महिलाले पीडा सहनु परिरहेकै छ । “महिलाको स्वतन्त्रताको पर्व हो तीज तसर्थ मनको बहलाई गीतका रुपमा पोख्नु नै तीज गीतको सार्थकता हो ।”
सबै जातिको तीज ः तीन दशक अघिसम्म बाहुन क्षेत्री समुदायका महिलाले मात्रै तीज मनाउँथे । अचेल थरिथरीका जातजाति र धर्मका महिला तीजको रमझममा देखिन्छन् । महिलाद्वारा पुरुषप्रति गरिने प्रेम, सद्भाव र समर्पणको पर्व हो तीज । त्यति मात्रै होइन, विनासङ्कोच स्वतन्त्र भएर मनभरीका दुःख र हाँसो चेलीहरु साट्छन् । एक्काइसौँ शताब्दीमा तीज पर्वलाई शालीन ढङ्गले मनाएर सामाजिक सुधारका पक्षमा नवीन सोच बनाउँदै जनचेतना जगाउने तर्फ विशेष ध्यान दिनु पर्ने देखिन्छ । यसरी आधुनिक युगमा पनि नेपाली नारीले तीजको महत्वलाई बढाइरहेको पाउँदा यो पर्व एकताको नमसना पर्व हो भन्नेमा दुईमत छैन ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।