अर्गानिक चिया उत्पादनमा कारखानाको अभियान 
इलाम / विश्व बजारको माग अनुसार अर्गानिक चिया उत्पादनका लागि इलामको एक चिया प्रशोधन कारखानाले अभियान नै चलाएको छ । साँखेजुङ्ग गाविसको हिमालयन साग्रीला टि प्रोड्युसर्स प्रालिले अर्गानिक मात्र चिया उत्पादन र प्रशोधनका लागि तीन गाविसमा अभियान चलाएको हो । विश्व बजारमा बिषादी प्रयोग भएको चियाको निर्यात ठप्प भएपछि तीन वर्षदेखि अर्गानीक तयारी चिया उत्पादन गरिदै आएको छ । नौ सय जना किसानबाट हरियो चिया पत्ति खरिद गर्दै आएको हिमालयन साग्रीला टी कारखानामा अहिले तीन सय ६७ बढी  किसानले उत्पादन गरेको चिया अर्गानीक भएको प्रमाणित भएको छ । 
अष्ट्रेलियाको नासा नामक संस्थाका प्राविधिक झिकाएर किसानले उत्पादन गरेको हरियो चिया पत्तिको परिक्षण गरि अर्गानीक भएको प्रमाणपत्र प्रदान गरिएको थियो । अर्गानीक चिया प्रमाणित भएपछि हिमालयन साग्रीला टि प्रोड्युसर्स प्रालिले एक किसानलाई प्रति किलो ५० रुपैयाँमा हरियो चियापत्ति खरिद गर्दै आएको छ । अर्गानिक चिया परिक्षणका लागि नासा संस्थालाई अहिलेसम्म २० लाख बढी रकम प्रदान गरिएको प्रालिका प्रबन्धक रामचन्द्र नेपालले बताए । उद्योगमा चिया बिक्रि गर्ने एक सय ४१ जना किसानको चिया अर्गानीक प्रमाणिकरणका लागि मात्र आठ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले बताए । बिषादी रहित चिया उत्पादनका लागि उद्योगले प्राविधिक झिकाएर किसानलाई तालिम प्रदान गर्दै आएको छ । उद्योगले अहिलेसम्म ४३ बढी  तालिम आयोजना गरेकोमा २५ बढी  तामिल अर्गानिक चिया उत्पादनमा सहयोग पुग्ने खालका छन् ।
किसानले उत्पादन गरेको अर्गानीक चिया प्रमाणिकरणका  लागि सम्पूर्ण खचए बेहोर्दै आएको उद्योगले कम्पोष्ट मल उत्पादनमा सहयोग पु¥याउन गाई खरिदका लागि ५० प्रतिशत रकम अनुदान दिने गरेको छ । यसका लागि एक सहकारी संस्थालाई एक लाख ५० हजार र दूई वटा सहकारी संस्थालाई ७५÷७५ हजार रुपैयाँ प्रदान गरिएको प्रालिका लगानीकर्ता कमल मैनाली बताउँछन् । अर्गानीक चिया उत्पादनका लागि साँखेजुङ्ग गाविसको उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, शान्तिडाँडा गाविसको साना किसान चिया उत्पादक किसान समूह र साँखेजुङ्ग गाविसकै त्रियुगा चिया उत्पादक सहकारी संस्थामा आवद्ध किसानलाई गाई खरिदका लागि रकम प्रदान गरेको हो । नेपालमा उत्पादन भएको चिया बिषादीरहित नहुदा भारतस्थित कलकत्ताको बजारमा मात्र भर पर्दै आएको अवस्थामा हिमालय साग्रीला टी प्रोड्युसर्स प्रालिले भने अर्गानीक चिया उत्पादन शुरु गरेपछि युरोप र अमेरिका लगायका देशमा निर्यात गर्दै आएको   छ । 
उद्योगले भारतमा तेस्रो र चौथो ग्रेडको चिया भारतमा निर्यात गर्दै आएको छ । बार्षिक एक लाख ५० हजार केजि चिया उत्पादन गर्दै आएको उद्योगले अहिले ७० हजार किलो अर्गानिक चिया तयार पार्ने बताएको छ । उद्योगले नर्मल ब्याक टी, ग्रीन टी, वाइट टी र गोण्ड चिया उत्पादन गर्दै आएको छ । उत्पादन भएको नर्मल ब्याक टी भारत र नेपाली बजारमा बिक्रि भएपनि अन्य भने जर्मन, अमेरिका, स्लोभाकिया, लण्डनबाट माग हुने र सोझै पाठाइने गरेको प्रबन्धक रामचन्द्र नेपालले बताए । 
अर्गानीक प्रमाणित भएको चिया तेस्रो मुलकमा माग तथा मूल्य बढी रहेकाले अभियानका किसानलाई जागरुप गर्दै काम गरेको उनी बताउँछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment