सुनकोसीमा थुनिएको पानीबाट जोखिम अझै कायमै (भिडियोसहित)
मृत्यु हुनेको संख्या १५६
श्रावण २२ - सुनकोसो नदी थुनिएपछि जमेको पानी अझै घटेको छैन । पानी बिस्तारै बग्न थालेकाले जोखिम दर केही कम देखिएपनि अझै ढुक्क हुन सक्ने अवस्था छैन । सेना, प्रहरी र सशस्त्रको टोलीले जम्मा भएको पानीको बहाव बढाउने प्रयास गरिरहेका छन् ।
'पानी नघटे सम्म ढुक्क हुन सकिने अवस्था छैन' काभ्रे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण कुमार बिसीले भने 'पानी कटाउने प्रयासहरु भईरहेका छन् ।' सिन्धुपाल्चोकका प्रजिअ गोपाल पराजुलीका अनुसार सेनाले पानीको निकास बढाउन सानो सानो विष्फोट गराएको छ । 'पानीको निकास खोल्न सबै उपायहरु अबलम्बन गरिरहेका छौ' प्रजिअ पराजुलीले भने, 'राज्यको सबै शक्ति त्यही काममा लागिरहेको छ ।'
पहिरोस्थलको पछिल्लो दृश्य । भिडियो मनोज बस्नेत :
0 comments:
Post a Comment