काठ चोरीमा सामुदायिक वनका पदाधिकारी संलग्न
 जिल्ला वन कार्यालय इलामले अवैध रुपमा सामुदायिक वन क्षेत्रभित्रको रुख कटान गरी चोरी निकासीमा संलग्न सामुदायिक वन समूहकै पदाधिकारीसहित पाँच जनाविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । पक्राउ पर्नेमा सुर्योदय सामुदायिक वन गोदकका अध्यक्ष गंगाराम महत र सदस्य दलबहादुर राई, चुलाचुलीको कमल सामुदायिक वनका  कर्ण बहादुर राई, वीर बहादुर तुम्बापो र सञ्चहाङ पतवा रहेका छन् ।
गोदकको सुर्योदय सावउस क्षेत्रभित्र चिलाउनेको रुख कटान गरी निकासी गर्ने क्रममा प्रहरीले अध्यक्ष महतसमेत दुइ जनालाई ट्याक्टर र काठसहित पक्राउ गरेको हो । मे१त १११९ नम्बरको ट्याक्टरमा एक सय ७१ थान चिलाउनेको काठ लोड गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी प्रहरीले जिल्ला वन कार्यालयमा बुझाएको थियो । उक्त मुद्दाको अनुुसन्धान गरी मुद्दा दायर गर्नका लागि वन कार्यालयअन्तर्गतको इलाका वन कार्यालयका सहायक वन अधिकृत विश्वेश्वर दत्तलाई अुनसन्धान अधिकृत तोकेको जनाइएको छ ।
उता इलामको चुलाचुलीको कमल सावउसमा सामुदायिक वन क्षेत्रभित्रै सखुवाको टुन टुक्रा पारेर निकासी गर्ने कार्यमा संलग्न तीन जनाविरुद्ध पनि मुद्दा दर्ताको तयारी भएको छ । राई, तुम्बापो र पतवाले चोरेर निकासी गर्न तयार पारिएको जम्मा ४२ दशमलब ५७ क्युविक फिट काठ पक्राउ गरिएको इलाका वन कार्यालय चुलाचुलीका सहायक वन अधिकृत विन्द्रनारायण झाले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत इलामबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।
कर्मचारीको प्रेसर बढ्न थाल्यो 
बुधबार बिहान चुलाचुलीमा पक्राउ परि ल्याइएका थुनुवालाई सदरमुकाम ल्याउँदा चुलाचुली इलाका वन कार्यालयका प्रमुख विन्द्रनारायण झालाई उनीहरुसँगै स्वास्थ्य परीक्षण गराउन मन लाग्यो । उनको प्रेसर ह्वात्तै बढेको थाहा भएपछि चुलाचुलीका विभिन्न वनमा गस्ति लगाउँदाको पीडा उनले व्यक्त गर्न थाले । बिहान थुनुवालाई ल्याउँदा बाटेमा खाना खुवाउन पनि गोजीकै पैसा तिर्नुपर्ने बाध्यता उनी सुनाउँदै थिए । ‘सबैले एकसय रुपैयाँ छाकको खाना खायौँ । उनीहरुलाई ४५ को मात्र खाउ भन्न नमिल्ने । थुनुवाले पाउने ४५ रुपैयाँ दिनको खाना बापतको रकमले उनीहरुले के खान सक्छन् । चिउराकै भाउ कहाँ पुगिसक्यो’, झाले भने । 
यसको त परै जाओस् गस्तिमा पक्राउ गरिएका काठ सुखानीको सेक्टर कार्यालयसम्म ढुवानी गर्दा पनि हजारौँ पैसा तिर्नुपर्ने हुन्छ । ‘बिगतकै बाँकी तिरिएको छैन, कसरी त्यत्रो पैसा व्यहोर्नु । त्यति मात्र हैन थुनुवाको म्याद थप गरी सदरमुकाम धाउँदा पनि पैसा लाग्ने हुन्छ । टिएडिए व्यवस्था छैन’, उनले हातमा उठेका घमौरा देखाउँदै भने ।  चुलाचुलीको सजाय नै यही हो । वनको स्पष्ट नीति नहुँदा तस्कर समाउन पुरस्कारभन्दा सास्ती धेरै व्यहोर्नु परेको संलग्न कर्मचारीहरुको गुनासो रहेको छ । चुलाचुलीको भेगमा दिनहुँ हुने चोरी तस्करीमा संलग्नको निगरानी गर्नुपर्ने इलाका वनका नौ कर्मचारीलाई सवारीसाधन नहुँदा पनि समस्या हुने गरेको छ । 
‘तस्करले आफ्नो काम गर्नका लागि हजारौँ फोन लगाउँछन् । घरी यता आयो । घरी उता आयो । ६ जनाको दरबन्दि रहेको कार्यालयमा भएका कर्मचारीले प्रायजसो प्रहरीको सहकार्य गर्नुको विकल्प हँुदैन’, एक कर्मचारीले भने, ‘वनमा बिगतमा फैसलापछि काठ बेचेको २० प्रतिशत पैसा मुद्दा दर्तावालले पाउने व्यवस्था थियो । तर हाल त्यस्तो व्यवस्था छैन । वनका कर्मचारी सबै चोर हुन् । यीनलाई पुगिहाल्छ भन्ने सोच तलदेखि माथिसम्म बसेको छ । काम गर्ने जाँगर कसरी बढ्छ ?’ सन्दकपुर दैनिकबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete