श्रीमतीको हत्या
माईपोखरी, ४ असोज ः इलाम माईपोखरीका एक युवकले आफ्नै श्रीमतीलाई बिहीबार राति कुटपिट गरी हत्या गरेका छन् । माईपोखरी ३ निवासी ३० वर्षीय बिरेन राईले श्रीमती २६ वर्षीया जानुका राई (कार्की)लाई कुटपिट गरेर हत्या गरेका हुन् । बिहीबार राती ९ बजे मादक पदार्थ सेवन गरेर एकआपसमा भनाभन हुँदा राईले जानुकालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते जानुकाको उपचारका लागि राती नै जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए । प्रहरीले राति नै विरेनलाई नियन्त्रणमा लिइसकेको छ । जानुकाका छ वर्षीय छोरा र नौ महिनाकी छोरी रहेको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment