पियर फाउण्डेशनद्वारा युवा परिचालन र नेतृत्व विकाससम्बन्धी अन्तकृया
इलाम २५ भदौ : द पियर फाउण्डेशन इलामको आयोजनामा बुधबार इलाम सदरमुकाममा यूवा परिचालन र नेतृत्व विकास सम्वन्धि अन्तरकृया सम्पन्न भएको छ । युवाहरुलाई समाजका बिविध पक्षका बारेमा ज्ञान दिने र उनीहरुलाई कामप्रति लगनशिल गराउने उद्धेश्यले गरिएको अन्तरकृयामा इलामका धर्म गौतम, इलाम नगर पालिकाका प्रशासकीय अधिकृत रामकुमार शाह, परिवार नियोजन संघका प्रमुख कुमार गिरी, एनसीडीसीका बिनोद निरौला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमबहादुर थपलिया, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख टाइम प्रसाद सिवाकोटी लगायतले सहजीकरण गरेका थिए । अन्तरकृयामा युवा परिचालन र नेतृत्व विकास, लागुऔसध तथा सुर्ती नियन्त्रण, ग्रीनसीटी अवधारणामा यूवाहरुको भूमिका लगायतका बिषयमा छलफल भएको फाउण्डेशनका उपाध्यक्ष संजिव राईले जानकारी दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नावव उपरीक्षक अनुपम शमसेर जवरा, आदर्श उमाविका प्रचार्य धनराज राई लगायतले मन्तब्य राखेका थिए ।
0 comments:
Post a Comment