घसु लिने वन अधिकृत रंगेहात पक्राउ
काठमाडौ, भाद्र २४ - झापाका सहायक वन अधिकृत जीवन पाठक २८ हजार रुपैयाँ घूस सहित रंगेहात पक्राउ परेका छन् । झापाको सितापुर फुलबारी रेष्टुरेन्टबाट घूससहित उनलाई अख्तियारको क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले उक्त रकम स्थानीय फर्निचर व्यवसायीहरुसँग असुल्दै गरेको अवस्थामा टोलीले रेष्टुरेन्टमा छापा मारेको अख्तियारले जनाएको छ ।

0 comments:
Post a Comment