यू-१६ च्याम्पियन्ससिपमा नेपालद्वारा कुवेत पराजित
- तस्वीरः गिभ मी गोल
२४ भदौ, काठमाडौं । एएफसी यू-१६ च्याम्पियन्ससिप फुटबलमा नेपालले कुवेतलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा नेपालले कुवेतलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै नेपालको नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा साविकको विजेतासँग १-१ गोलको बराबरी खेलेको नेपाल उत्तर कोरियासँग खेल्नेछ ।
मुनाङथोङ रंगशालामा भएको खेलमा नेपालले उपहार गोलबाट अग्रता लिएको थियो । दोस्रो मिनेटमा किरन सुनारको पासमा अन्जन विष्टको प्रहार कुवेती गोलरक्षकबाट आत्मघाती गोल भएको थियो ।
१४ औं मिनेटमा नेपालका अनन्त तामाङले गोललाई बल क्लियर गरे । १८ औं मिनेटमा विमल घर्तीमगरको प्रहारले सही दिशा लिन सकेन भने पहिलो हाफको अन्तिममा कुवेतका खेलाडीको प्रहार केही बाहिर रहृयो ।
दोस्रो हाफको सुरुमा नेपालले गोल गर्ने राम्रो मौका गुमायो । अमित तामाङको पासमा अन्जन विष्टको प्रहार बारको केही माथिबाट बाहिरियो । ५४ औं मिनेटमा सुनिल बलको कर्नरमा किरन सुनारको हेडर केही बाहिर रहृयो ।
७५ औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । आकाश थापाले डि बक्स एरियामा फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
तर, खेलको ७९ औं मिनेटमा नेपालले पेनाल्टी पायो । अन्जन विष्टलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए, जसमा कप्तान विमल घर्तीमगरले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।
छनोट चरणमा व्यहोरेको दुई पहेँलो कार्डका कारण उज्वेकिस्तानविरुद्धको खेल गुमाएका विमल कुवेतविरुद्ध खेलेका थिए ।
0 comments:
Post a Comment