पहिरोमा पुरिएर बालिकाको मृत्यु
२ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर बुधबार विहान एक बालिकाको मृत्यु भएको छ ।
विहान करीब ९ बजे घर नजिकै रहेका आफन्तको घर जाने क्रममा पहिरो खस्दा सान्थाक्रा ७ निवासी मनिस चोङ्वाङ लिम्वुकी ४ वर्षीया छोरी बिर्सिलाको मृत्यु भएको हो ।
बाटोमा हिँडिरहेकाबेला झरेको पहिरोले बालिकालाई पुरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरिक्षक देवीप्रसाद फागोले बताएका छन् ।
गएरातिदेखि निरन्तर पानी परिरहेकाले पहिरो खसेको स्थानिय विष्णु केदेमले बताएका छन् ।

0 comments:
Post a Comment