रमेशको नारा ‘माया जिन्दावाद’
इलामका युवा गायक तथा संगीतकार रमेश बोखिम राईको अहिले दिनहुँको नारा ‘माया जिन्दावाद’ रहेको छ । केही समय अघिदेखि नै उनले यो नारा दिनैपिच्छे घन्काउँदै काठमाण्डौ लगायत विभिन्न स्थानमा त्यसैको छायांकन समेत गरिरहेका छन् ।

उनले घन्काएको यो नारा उनैले बनाउँदै गरेको नयाँ गीतको बोल तथा नयाँ एल्बमको नाम हो । ‘माया जिन्दावाद’ भन्ने यो एल्बम बजारमा पस्किनुअघि उनले त्यसैमा छायांकन गरिरहेका हुन् । आप्mनै संगीत र गायन रहेको उनको यो तेस्रो एल्बमको यो गीतका रचनाकार बुद्धबीर लामा हुन् ।
माया जिन्दाबादसहित यो एल्बममा बुद्धबीर र प्रेम विवस राईका पाँचवटा गीत रहेको उनले जानकारी दिएका छन् । यो गीतको रिलिज दुई महिना अघि भएको हो । छायांकनका क्रममा रमेशले आपूmसहित इलाम शान्तिपुरकी मोडेल सविता राई, सुस्मा डङ्गोल, इलाम कोल्बुङका कराते प्रशिक्षक योगेश चाम्लिङ, मनिश श्रेष्ठको साथ अभियन गरेका छन् । उनीहरुलाई निर्देशन गरिरहेका छन् सुरेश थापाले ।
बजारमा छिट्टै आउने भनिएको यो भिडियो राम्रै मेहनतसाथ तयारी गरिरहेकोले राम्रो बजार पाउने आशा रमेशको छ । उनले यसअघि पनि गीत बजारमा ल्याइसकेका छन् । उनको पहिलो एल्बम भेट्न आउँदै छु भन्ने रहेको छ । माया जिन्दावाद बोलकै गीत चाहिँ एक महिनाभित्र तयारी भइसक्ने योगेशले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् । इलामको शान्तिपुर ४ मा जन्मिएका २५ वर्षीय रमेश २०५९ सालदेखि गायन क्षेत्रमा लागेका हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment