कन्यामको विकासमा निजीकरण बाधक
राजु पौडेल
इलाम, ३ भदौँः पहाडकी रानी अर्थात् इलामको कन्याम । हरेक वर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटकले चिसो मौसमको आनन्द लिदै आफूलाई पुर्नताजगी गराउन कन्याममा पाइला राख्ने गर्छन् । चिया बगानका मिलेको छटाका कारण अनु्पम प्राकृतिक सौन्दर्य पोखिएको कन्याम व्यवस्थित विकासको अभावमा भने नुकँदिएको हिरा झैँ बनेको छ ।पहाडकी रानी भनेर चिनिने इलामको कन्याम पूर्वकै पर्यटकीय क्षेत्रहरु मध्येको एक प्रमुख गन्तव्य हो । यो क्षेत्रको डाँडाकाँडामा फैलिएको चियाका बोटहरु यसका प्रमुख आर्कषण हुन् । तर, ४३ सय
गत वर्ष घोषणा भएको सुर्याेदय नगरपालिका र स्थानीय पर्यटन व्यवसायीहरुसँग यो क्षेत्रको पर्यटकीय विकास गर्ने थुपै्र योजनाहरु छन् । तर, संघाई गु्रपले सञ्चालन गर्दै आएको निगम अन्र्तगतको यो बगानमा कुनै पनि पर्यटकीय गतिविधि सञ्चालन गर्न नदिइएको स्थानीय पर्यटन व्यवसायीको दुखेसो छ । ‘कन्यामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न धेरै काम गर्न सकिन्थ्यो’ स्थानीय सामाजिक अगुवा काजीमान कागतेले भने, ‘तर सरकारले यसलाई निजीकरण गरेपछि त्यो संभावना रोकिएको छ ।’
नेपाल चिया विकास निगमको मातहतमा रहेका कन्याम चिया बगानसहित सातवटा चिया बगानमा सरकारको ३५ र संघाई गु्रपको ६५ प्रतिशत शेयर छ । संघाईको बढी सेयर भएकै कारण बगान माथिको एकाधिकार उसले प्रयोग गर्दै आएको छ । सरकारसँग निगमले जग्गा भाडामा लिएका कारण त्यो क्षेत्रमा कुनैपनि कार्यक्रम सञ्चालन गर्न नमिल्ने नेपाल चिया विकास निगम लिमिटेडका प्रशासन प्रमुख लोकनाथ दंगाल बताउँछन् । ‘निगमले नेपाल सरकारसँग त्यहाँको जग्गा भाडामा लिएको हो’ दंगालले भने, ‘त्यसकारण त्यहाँ कुनैपनि कार्यक्रमहरु सञ्चालन गर्न मिल्दैन ।’
व्यवसायिक घराना संघाई गु्रपले आफ्नो हितका लागि यस किसिमको कार्य गर्नु एकातिर जायजै होला । तर, सुवासचन्द्र संघाई कार्यकारी निर्देशक रहेको निगमले नै प्रत्येक वर्ष घाटा भएको विवरण अर्थमन्त्रालयलाई पेश गर्दै आएको छ । यतिमात्र होइन, सरकारलाई नै बुझाउनु पर्ने एकीकृत सम्पति कर पनि वर्षौंदेखि बुझाएको छैन ।
संघाईकै बगानमा काम गर्दै साँझ बिहानको छाक टार्ने स्थानीयसमेत यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिए आफ्नो जीवनस्तर उकासिने बताउँछन् । तसर्थ, अब सरकारले पनि कन्याम क्षेत्रको पर्यटकीय विकासका लागि संघाई गु्रपसँग गरेको सम्झौताको पुनःमुल्याङ्कन गर्नु आवश्यक भइसकेको छ ।
रोपनी क्षेत्रफलको सरकारी जमिनमा चियाका बोटहरु फैलिएको भएपनि यो क्षेत्रको हकदार भने संघाई गु्रप हो । २०५७ सालमा तत्कालीन सरकारले कन्याम चिया बगानसहित झापा र इलामका सातवटा बगानलाई निजीकरण गरेदेखि यो क्षेत्रको पर्यटकीय विकासले चाहिँ गति लिनसकेको छैन । कन्यामको चिया बगान हेर्न दैनिक सयौं संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु आइरहे पनि यो क्षेत्रको व्यवस्थित विकास गर्न नखोजिएको आरोप लाग्ने गरेको छ । पिकनिक स्पट, खानेपानी, शौचालय, पार्किङ्ग, सुरक्षा व्यवस्था र व्यवस्थित होटलहरु नहुँदा समस्या भएको आन्तरिक पर्यटक बताउँछन् । ‘यहाँको हरियाली मनमोहक छ’ बिराटनगरबाट कन्याम घुम्न आएका पुष्कर भट्टराईले भने, ‘तर के कारणले हो पर्यटकीय क्षेत्र भएपनि यसको व्यवस्थापनमा पनि कमी भएको पाएँ ।’राजु पौडेल
इलाम, ३ भदौँः पहाडकी रानी अर्थात् इलामको कन्याम । हरेक वर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटकले चिसो मौसमको आनन्द लिदै आफूलाई पुर्नताजगी गराउन कन्याममा पाइला राख्ने गर्छन् । चिया बगानका मिलेको छटाका कारण अनु्पम प्राकृतिक सौन्दर्य पोखिएको कन्याम व्यवस्थित विकासको अभावमा भने नुकँदिएको हिरा झैँ बनेको छ ।पहाडकी रानी भनेर चिनिने इलामको कन्याम पूर्वकै पर्यटकीय क्षेत्रहरु मध्येको एक प्रमुख गन्तव्य हो । यो क्षेत्रको डाँडाकाँडामा फैलिएको चियाका बोटहरु यसका प्रमुख आर्कषण हुन् । तर, ४३ सय
गत वर्ष घोषणा भएको सुर्याेदय नगरपालिका र स्थानीय पर्यटन व्यवसायीहरुसँग यो क्षेत्रको पर्यटकीय विकास गर्ने थुपै्र योजनाहरु छन् । तर, संघाई गु्रपले सञ्चालन गर्दै आएको निगम अन्र्तगतको यो बगानमा कुनै पनि पर्यटकीय गतिविधि सञ्चालन गर्न नदिइएको स्थानीय पर्यटन व्यवसायीको दुखेसो छ । ‘कन्यामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न धेरै काम गर्न सकिन्थ्यो’ स्थानीय सामाजिक अगुवा काजीमान कागतेले भने, ‘तर सरकारले यसलाई निजीकरण गरेपछि त्यो संभावना रोकिएको छ ।’
नेपाल चिया विकास निगमको मातहतमा रहेका कन्याम चिया बगानसहित सातवटा चिया बगानमा सरकारको ३५ र संघाई गु्रपको ६५ प्रतिशत शेयर छ । संघाईको बढी सेयर भएकै कारण बगान माथिको एकाधिकार उसले प्रयोग गर्दै आएको छ । सरकारसँग निगमले जग्गा भाडामा लिएका कारण त्यो क्षेत्रमा कुनैपनि कार्यक्रम सञ्चालन गर्न नमिल्ने नेपाल चिया विकास निगम लिमिटेडका प्रशासन प्रमुख लोकनाथ दंगाल बताउँछन् । ‘निगमले नेपाल सरकारसँग त्यहाँको जग्गा भाडामा लिएको हो’ दंगालले भने, ‘त्यसकारण त्यहाँ कुनैपनि कार्यक्रमहरु सञ्चालन गर्न मिल्दैन ।’
व्यवसायिक घराना संघाई गु्रपले आफ्नो हितका लागि यस किसिमको कार्य गर्नु एकातिर जायजै होला । तर, सुवासचन्द्र संघाई कार्यकारी निर्देशक रहेको निगमले नै प्रत्येक वर्ष घाटा भएको विवरण अर्थमन्त्रालयलाई पेश गर्दै आएको छ । यतिमात्र होइन, सरकारलाई नै बुझाउनु पर्ने एकीकृत सम्पति कर पनि वर्षौंदेखि बुझाएको छैन ।
संघाईकै बगानमा काम गर्दै साँझ बिहानको छाक टार्ने स्थानीयसमेत यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिए आफ्नो जीवनस्तर उकासिने बताउँछन् । तसर्थ, अब सरकारले पनि कन्याम क्षेत्रको पर्यटकीय विकासका लागि संघाई गु्रपसँग गरेको सम्झौताको पुनःमुल्याङ्कन गर्नु आवश्यक भइसकेको छ ।
0 comments:
Post a Comment