​म्याच फिक्सिङ्ग गरेको पक्राउ परेका खेलाडिद्वारा स्विकार


पक्राउ परेका राष्ट्रिय खेलाडीहरुले सन् २००८ देखि १४ सम्म भएका विभिन्न खेलमा म्याच फिक्सिङको अभियोग स्वीकारेका छन् । प्रहरीसँगको बयानमा गोलकिपर रितेश थापाले हार्ने निश्चित भएको खेलमा मात्रै आफूहरुले मिलेमतो गरेको बताएका हुन् ।
उनीहरुले सन् २००८ मा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्ने सर्तमा प्रति खेलाडीले ५ हजार अमेरिकी डलर, सन् २००९ को साफ च्याम्पियनसिपमा जम्मा ३ हजार ६१ अमेरिकी डलर लिई दामासाहीले बाँडेको, सन् २०११ मा मलेसियासँगको मैत्रीपुर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिएको खुल्न आएको जनाएको छ । सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा प्रति खेलाडी ५ हजार डलर, सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसाग ४–० ले हार्ने सर्तमा हामी प्रति खेलाडी ५ हजार डलर लिने गरी सर्त भएकोमा खेलको अन्ततिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको लगायतका अभियोगहरु खुल्न आएको प्रहरीले जनाएको छ । 

खेल मिलेमतो गरी हारे वापतमा रकम दिने तथा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने व्यक्ति सिंगापुरका टिटानी पेरियासामी र केशभन पत्तन समेतका एजेन्टबाट अन्जन के.सी. र रितेश थापा समेतले विभिन्न देशहरुबाट मनी ट्रान्सफर मार्फत् रकम लिने गरेको खुल्न आएको छ ।  

यसैबीच, प्रहरी हिरासतमा रहेका फुटवलका राष्ट्रिय खेलाडी एवं प्रशिक्षकलाई गम्भीर प्रकृतिको मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ । देशको झण्डाअंकित जर्सी लगाउने खेलाडीहरु मुलुककै मान, प्रतिष्ठामा आँच आउने खालको अपराधमा संलग्न भएको भन्दै्र प्रहरीले राजकाज सम्बन्धी मुद्दा दायर गर्ने तयारी गरेको हो । 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एस.एस.पी सर्वेन्द्र खनालका अनुसार संगठित अपराधमा संलग्न भई मुलुककै प्रतिष्ठामाथि खेलबाड गरेकाले गम्भीर प्रकृतिको मुद्दा दायर गर्न आफूहरुलाई जनस्तरबाट दबाब आएको छ ।  

अदालत बन्द भएकाले उनीहरुबिरुद्ध दशैं बिदा सकिएपछि मात्रै मुद्दा दायर गरिने भएको छ । खेल मिलेमतोको आरोपमा हिजो राष्ट्रिय टोलीका क्याप्टेन सागर थापा, डिफेन्डर सन्दिप राई, गोलरक्षक रितेश थापा पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक अन्जन केसी पक्राउ परेका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment