सुशील पौडेल, काठमाडौं
नेपाल टेलिभिजनको लोकप्रिय हास्यव्यंग्य कार्यक्रम ‘तितो सत्य’ सुरु भएको १२ वर्षपछि यसै साता बन्द भयो । यसका निर्देशक एवं मुख्य अभिनेता दीपकराज गिरी यसलाई तीन वर्ष अगाडि नै बन्द गर्नुपथ्र्यो भन्छन् । कान्तिपुरका सुशील पौडेलले उनीसँग लिएको अन्तर्वार्ता :
१२ वर्षदेखिको ‘तितो सत्य’ यात्रामा पूर्णविराम लगाउँदा तपाईं भावुक हुनुहुन्छ कि हल्का महसुस गर्नु भएको छ ?
सुख–दुस्ख बराबरी भन्ने गीतजस्तै भएको छ । दुस्खी त निश्चय पनि भइयो । साथीहरु सबै दुस्खी भए । एक महिना लगातार गरेको काममा त बानी पर्छ, १२ वर्ष लगातार गर्दा ‘मिस’ हुने नै भयो । हरेक हप्ता भेटघाट, जमघट हुन्थ्यो । नयाँ इस्यूमा काम गरिन्थ्यो । १२ वर्षदेखि चल्दै आएको सिरियल बन्द गर्ने फेसबुक स्टाटस लेखेर पोष्ट गर्नुअघि नै मलाइ दुविधा भएको थियो । दिपाश्री ९निरौला० जीलाई फोन गरें र स्वीकृत पाएपछि पोष्ट गरें ।
चुचुरोमा चढेपछि ओर्लनै पर्छ । विमान उडाउन सजिलो छ, तर अवतरण गर्न चुनौती हुन्छ भन्छन् । किनभने ल्यान्ड गर्ने जमिन कस्तो छ रु रन वे कस्तो छ रु विमानको स्पीड आदि दुनियाँ विचार पुर्याउनु पर्ने हुन्छ । यस्तो अवस्थामा ल्यान्ड गर्न सकियो, सबभन्दा खुशीको कुरा यो छ । अझै पनि यो रफ ल्यान्डिंग हो ।
पछिल्लो समय तपाईंको कार्यक्रम पनि कमजोर भइसकेको थियो नि होइन ?
हो । म आफ्नो चीजलाई अत्यन्त राम्रो थियो, भयंकर थियो, मैले बन्द गरें भन्ने पक्षमा छैन । पछिल्लो समय, हामीमै एक किसिमको शिथिलता आईसकेको थियो । कार्यक्रमको लोकप्रियतामा पनि ह्रास आइसकेको थियो । तर हामीले वाक्क दिक्क चाहिँ पारेका थिएनौं ।
अर्को कुरा, म किन पनि खुशी छु भने हामीले नै हो भारतीय सिरियल च्यानल हेर्न छोडेर नेपाली हेर्न बानी पारेको । जतिबेला ‘कसौटी जिन्दगीकी’, ‘कौन बनेगा करोडपति’ जस्ता कार्यक्रम पिकमा थिए त्यो समयमा ‘तीतो सत्य’ सुरुवात गर्यौं र हेर्न बानी बसाल्यौं । त्यसैले पछुतो मान्ने ठाउ पनि छैन । उपलब्धि पनि धेरै छन् । सगरमाथा चढेर आउँदा खुट्टा भाँचियो भनेर दुस्ख मनाउ गर्नु पर्दैन । यस हिसाबले बन्द गर्दा ‘रिलिफ’ पनि भएको छ ।
अब अरु काम गर्न पनि मार्ग प्रशस्त भयो हैन ?
यस हिसाबले पनि ‘तीतो सत्य’ को अवतरण सुखद पनि हो । एउटा ढोका बन्द गरेपछि नै अरु ढोका खुल्छन् । वैवाहिक सम्बन्धमा पनि पति–पत्निबीच सम्बन्ध खराब भयो भने डिभोर्स गरेपछि नै अर्को विवाहको लागि बाटो खुल्छ नि हैन रु स्वतन्त्र पनि भइयो । नयाँ सोचले आउन पाइयो ।
‘तीतो सत्य’ लाई रफ ल्यान्डिंग त गराउन सफल हुनुभयो । कहिल्यै त्यस्तो अवस्था पनि आयो आकाशमै क्र्यास होला की भन्ने ?
धेरै पटक आयो । ‘तीतो सत्य’ को तीन सय भाग उच्च तहमा गयो । सर्वेक्षणमा ८० प्रतिशत दर्शकले ‘तीतो सत्य’ हेर्छु भन्थे । सिरियल एक नम्बरमा थियो । त्यसपछिका श्रृखंलाहरु ओरालो लाग्ने क्रममा थिए । म त भन्छु, छ सय भागसम्म पुग्नु नै यसको उपलब्धि हो । नत्र हरेक चीजको ‘सेचुरेसन’ भन्ने हुन्छ । विगतमा पनि लामै भागसम्म चलेका सिरियलको सही अवतरण हुन सकेको थिएन । ‘तीतो सत्य’ को अवतरण पनि सुरक्षित भने हैन । बलजफ्ती गरिएको ल्यान्डिङ्ग हो । तर पनि यात्रु सुरक्षित छन् । उनीहरुलाई केही नयाँ गर्ने बाटो छ ।
१२ वर्षअघि फर्कौं, जूनबेला तपाई ‘तीतो सत्य’ को कन्सेप्टसहित आउँदै हुनुहुन्थ्यो । त्यो बेला कसरी आवश्यकता देख्नुभयो ‘तीतो सत्य’ को ?
कान्तिपुर एफएममा ‘नो टेन्सन’ भन्ने कार्यक्रम चलाउँथे । त्यो निकै रुचाइएको थियो । एफएमकै सबैभन्दा चर्चित कार्यक्रम भयो । त्यसमा म समसामयिक विषयमै रहेर स्क्रिप्ट तयार पार्ने गर्थें । नेतादेखि धेरैले प्रोग्राम सुन्ने गर्छु, राम्रो लाग्छ भन्ने गर्नुहुन्थ्यो । त्यसलाई नै मैले टेलिभिजनमा देखाउन चाहें । त्यो भन्दा अघि ‘ट्वाक्क टुक्क’ लगायतका छिटपुट कार्यक्रममा पनि कमेडी गरें । तर त्यसबाट मैले क्षणिक पपुलारिटी मात्रै पाऊथें । त्यो बेला ‘हिजो आजका कुरा’ को दबदबा थियो । दीर्घकालीन पपुलारिटीका लागि मैले ‘हिजो आजका कुरा’ जस्तै अर्को प्रोग्राम बनाउँछु भन्ने सोचें । त्यसमा भएको कमजोरी हटाएर कमेडी घुसाउँछु भनेर ‘तीतो सत्य’ को प्लानिंग गरें । त्यो बेला मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सन्तोष पन्तबाहेक अरुलाई कमेडियन नै मान्दैनथे । हामीलाई जोकरका रुपमा चिन्थे । मलाई त्यो शब्द असाध्यै नराम्रो लाग्थ्यो । त्यसैले पनि मैले प्रोग्राम गर्छु भन्ने लागेको थियो । लगभग तीनवटा कमेडी सिरियलको डमी बनाएर नेपाल टेलिभिजनमा बुझाएको पनि थिएँ । त्यो बेला मलाई डमी डाइरेक्टर भनेर पनि जिस्काउँथे ।
‘तीतो सत्य’ नाम संगीतकार शम्भुजित बासकोटाले जुराईदिनु भयो । बिहीबारको एउटा स्लट थियो । दिपाजी र म डमी बनाउँदै फाल्दै गथ्र्यौं । १५ हजार रुपैयाँ खर्चेर ‘तीतो सत्य’ को डमी बनायौं । त्यो पनि रिजेक्ट भए नगर्ने निचोडमा पुगेका थियौं । यदि त्यो पास भएमा हरेक साता ३० हजार रुपैयाँ आउथ्यो । हाम्रो डमी तेस्रो नम्बरमा थियो । सुरुका दुई अस्वीकृत भए मात्रै हाम्रो हेरिन्थ्यो । सुरुका दुइटै रिजेक्ट भए । त्यसपछि ‘तीतो सत्य’ हेरेर बाहिर आएर मिडिया हबका सोम धितालले मलाई भन्नु भयो, ‘एक वर्षसम्म गर्न सकिन्छ त भाई रु’ २०६० भदौ ४ गतेदेखि प्रसारण हुने गरि सम्झौता भयो । उक्त कुरा दिपाजीलाई सुनाएपछि हामी दुवै रोयौं । किनभने एकदम लामो संघर्षपछि मिलेको सफलता थियो त्यो ।
त्यो बेला त हिन्दी सिरियलको ठूलो प्रभाव थियो । प्रसारणपछिको संघर्ष पनि सहज त भएन होला ?
त्यो बेला ‘कसौटी जिन्दगी कि’ हिट थियो । बिहीबार ‘तीतो सत्य’ त्यही समयमा पथ्र्यो । दुई भाग गईसकेपछि ‘राम्रो छ’ भन्ने सम्मको भयो । त्यसपछि मैले अलि हल्ला गर्नुपर्छ र हिन्दी सिरियल हेर्नेको ध्यान पनि तान्नु पर्छ भनेर ‘कसौटी जिन्दगी कि’ कै बारेमा त्यसैलाई व्यंग्य गरेर नयाँ पाँच भाग तयार पारें । ‘कसौटी हेर्न छोड, कसौंडी हेर’ भनेर पतिले पत्निलाई भन्ने खालको संवाद राखेपछि सारा महिला हामीलाई उडाएको छ रे भनेर बिहिबार ‘तीतो सत्य’ हेर्न थाले र ‘कसौटी जिन्दगी कि’ भोलीपल्ट दिउँसो रिपिटमा हेर्न थाले । त्यसपछि त दर्शक स्वाट्टै बढे । त्यसपछि घटेनन् । कल्पना गरेभन्दा बढी लोकप्रिय भयो । मह दाई, सन्तोष दाईका प्रोग्रामसँग तुलना गर्न थाले । माग्नेबुढा, धुर्मुश पनि मेरैमा आए ।
रेटिंगमा माथि रहेको भनिएको ‘तीतो सत्य’ कसरी आर्थिक संकटका कारण बन्द गर्नुपर्यो ?
हेर्नुस्, एउटा व्यापारी हाउजिंगमा सफल भयो । उसले जग्गामा पनि लगानी गर्यो, सफल भयो । करोडौं कमायो । प्लेन पनि किन्यो । पछि प्लेन डुब्यो । त्यसपछि राम्रो भईरहेको हाउजिंग पनि डुब्छ, जग्गा कारोबार पनि डुब्छ । महत्वकांक्षा ठूलो भएपछि समस्या आउँछ । हाम्रो प्रोग्राम प्रोड्युस गर्नेको काम त अरु पनि थियो । अन्यमा भएको अदूरदर्शी निर्णयले ऊ फस्यो । त्यसको समस्या हामीले पनि भोग्यौं ।
‘तीतो सत्य’ का भनेर त दिपक–दिपालाई नै चिन्छन् । जोगाउनु पर्छ भन्ने लागेन ?
साँच्चै भन्ने हो भने तीन वर्षअघि नै बन्द गर्न चाहन्थ्यौं हामी । तर मिडिया हबले हामीलाई सुरुदेखि त्यहाँसम्म साथ दिएपछि हाम्रो पनि दायित्व हुन्छ, उसका पनि कुरा सुन्ने । नत्र छ सय भागसम्म पुगेको ‘तीतो सत्य’ चार सय भन्दा कट्दैनथ्यो । आर्थिक संकट त्यतिबेलै सुरु भइसकेको थियो । फेरि हामीमा नयाँपन पनि जरुरी थियो । कहिले विषयबस्तुबिहीन पनि हुनुपर्ने अवस्था आउथ्यो । अनि कम्प्रोमाइज गर्दा राम्रो काम आउथेन । यो बन्द गर्न त तीन वर्ष ढिला भयो । पछिल्लो समय त चलेको नभई घिस्रिएको मात्रै हो ।
एकताक पत्रकारले तलब नपाएको भन्ने कुरा उठाउनु भएको थियो ? काफी चर्चा पनि बटुल्यो । कतै त्यो आफ्नै मर्म पनि थियो की ?
चर्चा बटुल्यो तर त्यसले नकारात्मक सन्देश पनि दियो । केही पत्रकारले हामीलाई उडाइयो पनि भने । तर पैसा नपाएको पीडा हामीलाई पनि सँगसँगै थियो । त्यो वास्तवमा हामीलाई नै देखाइएको पनि थियो । कतिले यसलाई व्यक्तिगत रुपमा लिइदिए । पत्रकारलाई डेरा नदिनेदेखि छोरी नदिनेसम्म भए । त्यो खासमा मिडिया हाउसदेखि हाम्रै मिडिया हबसम्मलाई व्यंग्य थियो ।
एक पटक ‘तीतो सत्य’ को प्रसारण समेत अवरुद्ध भयो नि र? के थियो त्यस्तो ?
त्यसमा मोदी थियो । उसको व्यक्तित्वले गर्दा रोकिएको थियो । सेन्सर गर्ने मान्छे नै उसको चम्किलो व्यक्तित्वका कारण हच्कियो । मैले भने, ‘को छ भन्ने वास्ता नगर्नुस् । के छ भन्ने हेर्नुस् ।’ तर को छ भन्ने मात्रै हेरियो ।
मोदीलाई कसरी प्रस्तुत गरिएको थियो ?
गाउमा मान्छे बाटो खन्न राजी छैनन् । युवाहरु तास खेलेर दिन काट्छन् । गाउको विकासको मतलब छैन । मेरो चरित्रले आइडिया निकाल्छ, गाउमा नक्कली मोदी ल्याएर भएपछि बाटो खनाउन उत्प्रेरित गर्ने । मोदी काठमाडौं आउँदा उनी हिँड्ने बाटो रातारात सुधार गरिएकोप्रति मैले व्यंग गरेको थिएँ । सेन्सरले रोकिदिएछ । मैले पनि बेलुका नआएपछि मात्रै थाहा पाएँ । अनि फेसबुकमा स्टाटस लेखिदिएँ, मोदीका कारण रोकियो भनेर । भोली विहान उठ्दा बीबीसीदेखि भारतीय च्यानल सारामा समाचार आइसकेको रहेछ । टेलिभिजनले पछि मोदी हटाएर देखाउन भन्यो । तर मैले यत्तिकै हुँदैन भने कार्यक्रम नै रोकिदिन्छु भनेपछि बाध्य भएर प्रसारण भयो । बरु त्यही बेलै ‘तीतो सत्य’ बन्द भएको भए म खुशी हुने थिएँ । त्यो सेफ ल्यान्डिङ्ग हुने थियो ।
‘धनिया–रामबिलास’को जोडीलाई दीपक–दिपामा चिनाउने काम ‘तीतो सत्य’ ले नै गर्यो । अब यो बन्द भएपछि जोडीमा उतार चढाव आऊला ?
नआउला । ‘तीतो सत्य’ आउनुअघि पनि हाम्रो सम्बन्ध राम्रो थियो । हामीबीच स्वार्थको सम्बन्ध एकदम कम छ । ‘तीतो सत्य’ बन्द गर्ने बित्तिकै हाम्रो बाटो बन्द भएको छैन । दुई फिल्मले नै हामीलाई बाटो देखाईसकेको छ । जब लक्ष्य छ, मार्ग छ भने हानी हुने चीज बन्द गर्दा फरक पर्दैन । आँट भरोसा कायमै रहेकाले जोडीलाई असर गर्छ जस्तो लाग्दैन ।
‘तितो सत्य’ बन्द भएको समाचारपछि सामाजिक सन्जालमा आएका टिप्पणीबारे कत्तिको जानकार हुनुहुन्छ ?
फेसबुक भनेको सभ्य–असभ्य, गाली पोख्ने, केही परिवर्तनका कुरा पनि गर्ने, केही आफ्ना ढोंगीपना पनि देखाउने, नचाहिने ठाऊमा उचालिदिने काम पनि गर्ने थलो हो । कतिले समाचारलाई दुस्खद् भनेको पनि पाएँ । कसैले हेर्ने प्रोग्राम नै यही एउटा थियो अथवा यही प्रोग्राम हेरेर हुर्किएको भन्ने जस्ता सकारात्मक टिप्पणी पनि छन् भने उहिल्यै बन्द गर्नुपथ्र्यो, वाक्कदिक्कै बनाइसकेको थियो भन्ने जस्ता कमेन्ट्स पनि थिए । आजकल म फेसबुकमा आउने मननयोग्य कमेन्टलाई मात्रै जवाफ दिने गर्छु ।
रिपिटेसन र झर्को लाग्दो कमेडी भन्ने टिप्पणी कत्तिको सही हुन् ?
हेर्नुस्, घरकै आमाले त एक महिनासम्म आलुकै मात्रै तरकारी खान दिईन् भने झगडा गर्छन् भने एउटै स्वाद निरन्तर आउँदा त्यसो भन्नु स्वभाविक हो । सत्यता पनि छ । हामी त्यो बेला आमूल परिवर्तन पनि गर्न सक्दैनथ्यौं । आलु खाईरहेको मान्छेलाई एकैचोटी भ्याकुर ल्याएर खुवाउन खोज्दा पनि समस्या आउथ्यो । म आफैं निर्माण कम्पनीलाई भन्थें, ‘म आफैंलाई वाक्कै लागिसकेको छ । पब्लिकलाई के रमाइलो लाग्यो होला रु कति भाग त म बिर्सन चाहन्छु । एक कक्षामा पढ्दा ‘तीतो सत्य’ हेरेको मान्छे अहिले प्लस टू सकिसकेको छ । त्यसको दिमाग कति चेन्ज भईसक्यो, म उहीं छु । अनि त्यही चरित्र, त्यही स्क्रिप्ट लामो समयसम्म आउँदा नराम्रो लाग्नु पनि स्वभाविक नै हो । खाली उनीहरुले व्यक्त गरेका धारणा र लेखेका स्टाटस भद्दा होलान् तर त्यसमा सत्यता छ ।
केहीले ‘तीतो सत्य’ हास्यव्यंग भन्दा बढी गालीगलौज शैलीको र अपांगतालाई कमेडी बनाएर नकारात्मकता फैलाउने, बच्चामा नराम्रो असर पार्नेसम्मका आरोप पनि लगाएका छन् ?
यो कस्तो रहेछ भने कुनै एक दैनीक पत्रिकाले कुनै समाचार लेख्यो भने कान्तिपुरले यस्तो लेखिदिएछ भन्छन् । राम्रोरनराम्रो कुरा उही नाम चलेको पत्रिकाको थाप्लोमा जान्छ । जहाँसम्म हाम्रो कुरा छ, ‘तीतो सत्य’ मा एउटा पनि अपांगता भएको पात्र छैन । अनि कहिल्यै पनि थेगोको प्रयोगलाई जोड दिएनौं । कहिल्यै पनि फलानो मान्छे भनेर तोकेर व्यङ्ग्य हानिनँ । छ सय भागमा साह्रै थोरैका नाम लिएँ हुला । नत्र सबै प्रतिकात्मक हुन् । पछिल्लो समय यस्ता कमेडी सिरियल आईदिए, जसले मुख बंगाएका भरमा गर्ने कमेडीको आरोप पनि मैले नै खेप्ने गरेको छु । मुख बंग्याएर कमेडी गर्नेको म आफैं विरोधी हुँ । अरुका अवगुण पनि आफैंले लिनुपरेको हो ।
अब पनि तपाईहरु कमेडी फिल्म, सिरियलमा नै अभियन गरिरहने कि त्यसबाहेकका भूमिकामा पनि देखिने ?
सचिन तेन्दुलकरले फुटबलको फरवार्ड भएर खेलेको मान्छेले हेर्न सक्दैनन् । ऊ फेरि आयो भने पनि ब्याट्सम्यान नै भएको हेर्न चाहन्छन् । हामीलाई पनि गम्भीर भूमिकामा अभिनय गरेको हेर्न चाहँदैनन् । त्यो कुरा मैले ‘सुन्दर मेरो नाम’ फिल्ममा भोगेको छु । त्यो फिल्ममा मैले सुरुदेखि अन्तिमसम्म गम्भीर भूमिकामा अभिनय गरें, पछि त्यसको रिजल्ट पनि गम्भीर नै पाएँ । त्यसले दिएको सन्देश ‘भाई तिमी कमेडियन हौ, कमेडी नै गर’ भन्ने हो । बरु फिल्मबाट हामीले अहिले देखिएको दुई धारका दर्शकलाई जोड्ने खालको फिल्म ल्याउने हो । ‘वडा नम्बर छ’लाई मल्टिप्लेक्सदेखि सिंगलस्क्रिन थिएटर दुवैका दर्शकले रुचाइएकाले त्यसको छनक दिईसकेको छ । हामी हाँसोको माध्यमले सबैखाले दर्शकलाई जोड्न कोशिस गरिरहेका छौं । इ–कान्तिपुरबाट
0 comments:
Post a Comment