वीरगञ्ज र सुनौली नाकामा ३ सय ३७ बुलेट ग्यास र ४८ इन्धन बोकेका गाडी रोकिए

अन्य नाकाबाट लोड भएर आएका भने सबै नेपाल प्रवेश 
इलाम, भारतीय नाकाबन्दीको कारण वीरगञ्ज र सुनौलीनाकामा मात्रै ३ सय ३७ बुलेट ग्यास रोकिएको नेपाल आयल निगमले जनाएको छ। त्यस्तै सुनौली नाकामा ४८ वटा इन्धन बोकेका गाडी पनि नाकामा रोकिएको छ।

भारतले नाकाबन्दी गरेको समयमा नै वीरगञ्ज नाकामा रोकिएको २ सय ५४ वटा ग्यास बुलेट मध्ये अहिले पनि २ सय ८ वटा ग्यास बुलेट नाकामा नै रहेको निगमले जनाएको छ। नेपाल आयल निगम प्रवक्ता मुकुन्द घिमिरेका अनुसार यी दुई नाकामा रोकिएका ३ सय ३७ वटा ग्यास बुलेट नेपाल प्रवेश गर्ने हो भने एकलट उपभोक्ताले राहत पाउँछन्। उनका अनुसार वीरगञ्ज नाकाबाट भने नाकाबन्दी भएदेखि नै अहिलेसम्म कुनै पनि प्रकारका सामान बोकेका गाडी नेपाल प्रवेश भएका छैन।

नाकामा रोकिएका २ सय ५४ वटा ग्यास बुलेट मध्ये ४६ वटा रिरुट हुँदै सुनौली नाकाबाट नेपाल प्रवेश गरेको घिमिरेले बताए। उनका अनुसार पछिल्लो समय सुनौली नाकाबाट केही परिमाणमा इन्धन बोकेका गाडी नेपाल प्रवेश हुन थालेपछि पुनः भारतीय पक्षले नाकामा कडाई गरेका कारण इन्धन बोेकेका गाडी नेपाल प्रवेश हुन सकेको छैन। उनका अनुसार अहिले सुनौली नाकामा १ सय १९ वटा ग्यास बुलेट र ४८ वटा पेट्रोल डिजल बाकेका गाडी रोकिएको छ।

पछिल्लो समय यी दुई नाका बाहेक अन्य नाकाबाट केही मात्रमा इन्धन बोकेका गाडी नेपाल प्रवेश गरेपनि ती परिमाणले इन्धनले वितरणमा सहज हुन नसकेको उनी बताउँछन्। बरुणीमा तेल लोड गरी विराटनगर नाका हुँदै नेपाल प्रवेशगरेका टयाङ्कर काठमाडौं आई पुनः लोड गर्न जानको लागि एक हप्ता लाग्ने हुँदा पनि समस्या हुने घिमिरेले बताए। भारतीय आयल कम्पनीले भने अहिले यतबाट पठाएका सबै गाडी लोड गरिदिएको र नेपाल प्रवेश भइरहेको घिमिरेले बताए। उनका अनुसार अहिले विराटनगर नाकाबाट ५०–५५ वटा गाडी बरुणी गई लोड हुँदै नेपाल आइरहको छ।

त्यस्तै अन्य नाकाबाट पनि सामान्य परिमाणमा इन्धन नेपाल आइरहको र यसैबाट वितरणमा कटौती गर्दै कोटा प्रणालीमा तेल वितरण भइरहको घिमिरेले बताए। उनका अनुसार पछिल्लो समयम पेट्रोलको आयातमा कमी रहकोले उपत्यका मौज्दात कमी हँदा निजी कार तथा जिपलाई पनि वितरणगर्न नसकिएको अवस्था हो।

उनले भने, ‘सबैभन्दा बढी अहिले शहरी क्षेत्रमा खाना पकाउने ग्यासको अभाव रहको छ। यी बुलेट नेपाल प्रवेश नर्दासम्म ग्यासको समस्या सहज हसने अवस्था रहेको छैन।’ त्यस्तै अहिले नेपालगञ्ज नाकाबाट दैनिक जसो २५ वटा जति इन्धन बोकेको गाडी नेपाल प्रवेश गरिरहको घिमिरेले बताए। सेतोपाटीबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment