अनेरास्ववियु इलाम जिल्ला कमिटीको आयोजनामा इलाम सदरमुकाममा जारी प्रथम शहीद रत्नकुमार वान्तवा स्मृती अन्तर मा.वि. फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ ।
बिहीबार इलाम सदरमुकाममा भएको पहिलो खेलमा ज्योति विद्यामन्दिर इलामले भानुभक्त उच्च मा.वि. देऊमाई नगरपालिकालाई प्रतिस्पर्धात्मक खेलमा ३–२ गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो । खेलमा मध्यान्तरअघि नै २–० को अग्रता बनाएर समेत सम्हालिन नसक्दा निर्धारित समयमा दुई गोल फर्काउँदै ज्योति विद्यामन्दिरले बराबरी खेल्यो । थप गरिएको समयम गोल गर्दै ज्योति विद्यामन्दिर विजयी भएको हो ।
यस्तै अन्तिम क्वाटरफाइनल खेलमा माईपोखरी संस्कृत मा.वि. सुलुबुङ्गले शान्तिपुर मा.वि. लाई ३–० गोलअन्तरले पराजित गर्यो । माइपोखरीको जीतमा जर्सी नम्बर १० का अनिल वि.क. ले ह्याट्रिक गरे ।
प्रतियोगिताको पहिलो सेमीफाइनल खेल ज्योति विद्यामन्दिर इलाम र बीरेन्द्र मा.वि. सूर्योदय नगरपालिका तथा दोस्रो सेमीफाइनल खेल माईपोखरी संस्कृत मा.वि. सुलुबुङ्ग र युवाबर्ष मा.वि. दानाबारी बीच शुक्रबार हुनेछ ।
0 comments:
Post a Comment