दिक्तेल बजारमा भीषण आगलागी

फोटो आगलागीबाट जल्दै गरेको दिक्तेल बजारस्थित घर ।

पुस खोटाङः सदरमुकामम दिक्तेलमा भीषण आगलागी भएको छ । दिक्तेल नगरपालिकास्थित रत्नपार्कमा बिहीबार दिउँसो लागेको आगोले चार घर पूर्णरुमा जलेर नष्ट भएका छन् ।
आगो लाग्ने क्रम अझै जारी रहेको छ । आगोले अहिलेसम्म ४ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगो फैलिएर अन्य घरमा पनि प्रवेश गरेको छ ।
आगो नियन्त्रण भन्दा बाहिर गएकोले नियन्त्रणमा समस्या देखिएको छ । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
विद्युत सर्ट भएर लागेको स्थानीयको भनाइ छ । थप विवरण आउन बाँकी छ ।
दमकलको प्रयोगबाट आगो नियन्त्रण गर्न खोजिएपनि पानि सकिएकोले थप समस्या भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment