विश्वमा कसले गर्‍यो मोबाइल फोनमा पहिलो पटक कुराकानी

बिश्व इतिहांसमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ ।
त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मुल्य थियो, दुइ लाख रुपैया । यही मोटोरोला मोबाइल फोनको हाल बजारमा छ अर्व उपभोक्ता रहेका छन् ।
मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो डायना टीएसी । यसको ब्याट्रीलाई एकचोटी रिचार्ज गरेमा मात्र ३५ मिनेट मात्रै कुरा गर्न सकिन्थ्यो । यसको तौल ७ सय ९४ ग्राम सम्मको थियो ।
सन् १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको शुरुवात गरको इतिहास छ ।
यसपछी ओ–२ नामको मोबाइल सेटले आफनो सेवा सुरु गर्‍यो सोही सालमा । वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ सालको समय लाग्यो ।
फ्रांसीसी ब्यबसायी फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो नवजात छोरी सोफीको फोटो लिएसंगै क्यामरा जडान गरिएको मोबाइल फोनको सुरुवात गरियो ।
एरिजोनाको एक प्रतिष्ठानले सन् २००७ को सेप्टेम्बरमा कुकुरका लागि मोबाइल फोन बजारमा ल्यायो ।
करिब २५ हजार रुपैयाँ मुल्य पर्ने यो मोबाइलको जीपीएस सैटेलाइट सुबिधा भन्दा कम थियो ।
सन् १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आई.बी.एम सिमान नामको पहिलो स्मार्टफोन बजारमा आयो ।
यसको सुरुवातीका दिनमा टचस्क्रीन वाला थियो । जसमार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो ।
यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रीडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे ।
सन् २०१२ मा एक अर्व ७९ करोड वटा मोबाइल हैंडसेट बिक्री भयो । जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन् ।
सन् २०११ म मोबाइल फोन उपभोक्ताहरुले डेढ सय अर्व एस।एम।एस पठाए । जसमा १२ देखि १५ बर्ष उमेर समूहका बालबालिकाको संख्या अत्याधिक थियो । (एजेन्सीको सहयोगमा)
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment