पूर्वी पर्यटकीय स्थल भेडेटारमा फुड फेस्टिभलको तयारी

धनकुटा, पूर्वाञ्चलकै उत्कृष्ट पर्यटकीय क्षेत्र भेडेटारमा यो वर्ष पनि ‘फुड फेस्टिभल’ हुने भएको छ । स्थानीय तथा आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले निरन्तर आयोजना हुँदै आएको फेस्टिभलको यो वर्ष चौथो संस्करण हो ।
फेस्टिभलको क्रममा प्याराग्याईडिङ र माउन्टेनवाईकका प्रतिस्पर्धा पनि हुने छन् । आयोजक होटल एसोशिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीका अनुसार अनुसार नयाँ वर्ष सन् २०१६ को अवसरमा बाह्य र आन्तरिक पर्यटकलाई थप लक्षित गरी चौथो फुड फेस्टिभल हुने भएको हो । 
पुस १६, १७ र १८ गते तीन दिनसम्म चल्ने फेस्टिभलको क्रममा बाह्य पर्यटकलाई खाना र बस्नको लागि भेडेटारका होटलहरुले छुट लगायतको अफर समेत गर्ने जनाइएको छ । त्यस्तै र्‍याफ्टिङ र पर्यटकहरुलाई भेंडेटार आसपासको क्षेत्रमा घुमाउने प्याकेज टुरसमेत तयार गरिएको अध्यक्ष लावतीले पुलेसालाई जानकारी दिए ।  त्यस्तै लक्षित याममा भूकम्प, भारतीय नाकाबन्दी, निरन्तरको मधेस आन्दोलनले आन्तरिक तथा बाह्य पर्यटकलाई रिफ्रेस गराउनकै लागि पनि फेस्टिभलले महत्व राख्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment