अर्चले पुल उद्घाटन सँगै नगरपलिका सोयाङ, नयाँबजार, नमसालिङ, प्याङ, जोगमाई सँग जोडियो

इलाम,   इलाम नगरपालिका – सोयाङ गाविस जोड्ने माइखोला अर्चले पक्की पुलको आइतबार पुर्वप्रधानमन्त्री तथा ब्यवस्थापिका संसदका सदस्य झलनाथ खनाल र पुर्व राज्य मन्त्री तथा ब्यवस्थापिका संसदका सदस्य केशव थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 
गत २०६९ असारबाट निर्माण कार्य सुरु भएको सो पुल गत असारमा सम्पन्न भएर सवारी सञ्चालन हुँदै आए पनि आइतवार मात्रै औपचारिक उद्घाटन भएको हो । पुलको लम्बाई त्रियासी मिटर छ । पुल निर्माण भए पछि इलाम नगरपालिका सहित सोयाङ, नयावजार, प्याङ जोगमाई लगायतका गाविसका स्थानियलाई सहज भएको उनीहरुले वताएका छन् । 
 मैनाचुली कन्ट्रक्सन इलामले सो पुल ठेक्का पारेर काम सम्पन्न गरेको हो । समयमा नै काम सम्पन्न गरेको भन्दै कन्ट्रक्सनका प्रोपाइटर डिल्ली खनाल, निर्माण समिति अध्यक्ष भुपेन्द्र भट्टराई, अनुगमन संयोजक गणेश राउतलाई कार्यक्रममा सम्मान पत्र सहित दोसल्ला र फुलमालाले सम्मान गरिएको थियो ।  जिल्ला विकास समिति इलामले आयोजा गरेको उद्घाटन कार्यक्रममा प्रभावित क्षेत्रका स्थानियको उपस्थिती रहेको थियो । स्थानिय विकास अधिकारी मदन कोइरालाको अध्यक्षता, पुर्व प्रम खनालको प्रमुख आतिथ्यता तथा पुर्व राज्य मन्त्रि थापाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment