बार्सा ४–० र रियलको ५–० फराकिलो जित, मेसी र वेलको ह्याट्रिक


एजेन्सी, २६ पुषः स्प्यानिस ला लिगा फुटवलका पछिल्ला खेलमा दुइ ठुला क्लव वार्सिलोना र रियल मड्रिडले फराकिलो अन्तरको जित निकालेका छन । लियोनल मेस्सीले हयाट्रीक गरेपछि वार्साले ग्रानाडा सिएफलाइ ४–० गोल अन्तरले पराजित गरयो । पछिल्लो जितसंगै वार्सा ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । मेस्सीले ८, १४ र ५८ औ मिनेटमा गोल गरेका थिए ।
अर्को एक गोल नेयमारले ८३ औ मिनेटमा गरे । १८ खेलबाट ४२ अंक जोडदै लिग तालिकामा शिर्ष स्थानमा उक्लिएको बार्साको दोस्रो स्थानको एटलेटिको मड्रिडको भन्दा एक अंक मात्र बढी छ । अर्को खेलमा ग्यारेथ वेलको हयाट्रिक मद्धतमा रियल मड्रिडले डिर्पोटिभो डे ला कोरुना लाइ ५–० ले पराजीत गरयो ।
बेलले २२, ४९ र ६३ औ मिनेटमा गोल गरे । बाकि दुइ गोल करिम वेन्जामाका नाममा रहयो । जिनेदाने जिदानेको प्रशिक्षणमा रियलले पहिलो खेलमै प्रभावशाली जित हात पारेको हो । १९ खेलबाट ४० अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ । यता एफ ए कपमा अन्तिम समयमा पेनाल्टी मार्फत गोल गर्दै म्यान्चेस्टर युनाइटेडले सेफिल्डलाइ पराजित गरेको छ । ९० औ मिनेटमा प्राप्त पेनाल्टीलाइ वायन रोनीले गोल गर्दै टिमलाइ चौथो चरणमा पुरयाएका हुन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment