आपसी विवादमा साथीको हत्या


पाँचथर: खानेपानीको मुहान मर्मत गर्ने विषयमा विवाद हुँदा तेह्रथुमको थोक्लुङ–३ का ३३ वर्षीय रमेश कन्दवाको आज बिहान हत्या भएको छ ।  सो विवादमा ताप्लेजुङ साब्लाखुका ४५ वर्षीय पदम पन्धाकले टाउकोमा खुकुरी प्रहार गरी रमेशको हत्या गरेका हुन् । 
आइतबार बेलुका सङ्क्रान्ति गाविसको मूलपानीस्थित मुहानमा खानेपानीको पाइप मर्मत गर्न जाँदा उनीहरूबीच आपसमा विवाद भएको र पन्धाकले रमेशको टाउकोमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक सुदीपराज भण्डारीले बताउनुभयो । 
घाइते रमेशको जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने पन्धाक फरार रहेको र उसको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment