इलामः जिल्ला स्वास्थ्य कार्यालय इलामले एक कार्यक्रम गरेर पाँचौ राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम अन्र्तगत इलाम जिल्लामा हात्तीपाईले रोग विरुद्ध औषधि फागुन २९ गते देखि चैत्र १ गते सम्म जिल्लाका सबै गाविस तथा नगरपालिकामा खुवाईने जानकारी गराएको छ ।
कार्यक्रमा पत्रकारहरुलाई जनाकारी दिदै जनस्वास्थ्य कार्यलयका प्रमुख राजकुमार पोखरेलले भने–‘यो कार्यक्रम नेपालमा सन् २००३ मा शुरु भएको हो । नेपालको पर्सामा पहिलो पटक हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईएको थियो । सन् २०२० सम्ममा विश्वबाट यो रोग निवारण गर्ने लक्ष्यका साथ यो अभियान नेपाल लगायत विश्व भरीनै चलिरहेको छ । नेपालमा पनि यो रोगबाट ६१ जिल्ला प्रभावित भएको देखिन्छ । नेपालका १४ हिमाली जिल्ला र २ पहाडि जिल्लामा यो रोगको समस्या देखिदैन ।’नेपालमा सन् २०१५ मा ४१ वटा जिल्लामा यो अभियान संचालन गरिएको थियो । एक जिल्लामा लगातार पाँच वर्ष सम्म चल्ने यो अभियान अहिले सम्म नेपालका २० वटा जिल्लामा पुरा भईसकेको छ र निगरानीको चरणमा छ । यो औषधी दुई वर्ष भन्दा माथिका र ७० वर्ष उमेर समुह मुनिका सबैलाई यो औषधी खुवाईन्छ । गर्भवती र सात दिन सम्मका सुत्केरी आमाहरुलाई यो औषधि खुवाउनु हुँदैन साथै सिकिस्त बिरामीले पनि यो औषधी खानु हुँदैन ।
यस वर्ष पूर्वमा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, ओखलढुंगा, धनकुटा, तेह्रथुम, सिरहा, भोजपुर, उदयपुर, मध्यमाञ्चलमा ललितपुरको ग्रामिणभाग, पश्चिममा लमजुङ, म्याग्दी, पर्वत, बाग्लुङ, क्mपिलवस्तु, मध्यपश्चिममा रोल्पा, रुकुम, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, दैलेख, र सुदुरपश्चिममा कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी, दार्चुलामा यो कार्यक्रम सञ्चालन भईरहेको छ । यो कार्यक्रम अन्र्तगत ३६ जिल्लाका एक करोड तीस लाखलाई यो औषधी खुवाउने लक्ष्य राखिएको छ ।
यो कार्यक्रमलाई सफल पार्न तेह््र हजार अठहत्तर स्वस्थ्यकर्मी र ६५ हजार छ सय अठहत्तर जना स्वास्थ्य स्वयंसेविकाहरु परिचालन भएका छन् ।
हात्तीपाईले निवारण कार्यक्रमको औषधी खुवाइने अभियान इलाम सदरमुकाममा फागुन २७ गते प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यमा एक कार्यक्रम गरेर उद्घाटन गरिने पनि पनि पोखरेलले जानकारी दिए ।
इलाम जिल्लामा सन् २०१५को तथ्याङ्क अनुसार हात्तीपाईले रोगवाट प्रभावितको संख्या ३० जनाको रहेको छ ।

0 comments:
Post a Comment