पाँचथरे युवाको कोरियामा मृत्यु

पाँचथर, ३१ वैशाख । पाँचथरको फिदिम नगरपालिका–३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।
मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई रहेका छन् । सियोलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत फेला परेको त्यहाँबाट कुसुम बाँस्कोटाले जानकारी दिए ।
उनका अनुसार राति १२ बजेसम्म फोनमा गफ गरी सुते पनि बिहान उठ्दा भने सुतेको ठाउँमा उनको मृत्यु भएकोसँगै सुतेका साथी प्रकाश खनालले बताए । उनका अनुसार सोमबार रुखाखोकीको लक्षण उनमा देखिएको थियो ।
घटनाबारे नेपाली दूतावासका श्रम सहचारीलाई जानकारी गराएको उनले बताए । अविवाहित राई एक वर्षअघि कोरिया गएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment