लागुऔषध प्रयोग विरुद्ध प्रहरीको अनुशिक्षण

इलाम, ३० वैशाखः भनिन्छ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नु नदिनु नै उत्तम उपाउ हो । इलाम प्रहरीले पनि सोहि भनाईलाई चरितार्थ गर्दै विद्यालयस्तर मै लागुऔषध सम्बन्धि अनुशिक्षण दिन थालेको छ । पछिल्लो समयमा इलाम जिल्लामा खैरो हेरोइनको विक्री तथा प्रयोग उच्च हुदै गएको अवस्थामा जिल्ला प्रहरी कार्यालय इलामले यस्तो अभियान चलाउन शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामले गत हप्ता सामुदायिक प्रहरी सेवा केन्द्र इलामको सहकार्यमा इलाम जिल्ला बरबोटे ७ स्थित रोडोडेन्ड्रोन बोर्डिङ स्कुलमा अध्यनरत बिद्यार्थीहरुलाई लागुऔषध सम्बन्धि अनुशिक्षण प्रदान गरेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारले लागुऔषधले समाजमा पार्ने असर, लागु औषध दुव्र्यसन रोकथामका लागि विद्यार्थी तहबाट खेल्नुपर्ने भुमिका तथा आगुऔषध नियन्त्रण सम्बन्धि ऐन नियम तथा कानुनी प्रावधान सम्बन्धमा जानकारी गराएका थिए । त्यसैगरि सामुदायिक प्रहरी सेवा केन्द्र इलाम र जिल्ला प्रहरी कार्यालय इलामकोे संयुक्त आयोजनामा ग्रीनभ्याली एकेडेमीका विद्यार्थीहरुमाझ पनि यस्तै अनुशिक्षण कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा एकसय विद्यार्थीले सहभागीता जनाएका थिए । कार्यक्रमलाई प्रनाउ रुकेश तण्डुकारले नै सहजिकरण गरेका थिए ।  खुल्ला भारतीय सिमाका कारण पनि इलाम लागुऔषधको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भइरहेको छ भने लागु औषधका कारोबारीहरुको अखडा पनि । लागु औषधका सम्बन्धमा इलाम जर्जर बन्दै गइरहेको अवस्थामा विद्यालयस्तरका यस्ता अनुशिक्षणले पनि विद्यार्थीहरुलाई कुलतमा नलाग्न प्रेरित गर्ने प्रनाउ तण्डुकारले बताए । उनले भने, “विद्यालयस्तमा जिल्लाभर नै यस्तो अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना छ, र हामी यस्ता कार्यक्रम नियमित नै गर्नेछौं ।”  चार महिना पहिलेमात्र विर्तामोड ६ स्थित बिष्णु होटलबाट रङ्गेहात ८ जना ब्राउन सुगर कारोबारी र प्रयोगकर्तालाई झापा प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो जसमा इलाम स्थायी ठेगाना भएका ३ जना पक्राउ परेका थिए । गत बर्ष मात्र लागु औषध अन्तरगत इलाममा मात्र १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो भने प्रमाणित भई २ जना कैद भुत्तान गरिरहेका छन् भने एक जना पुर्पक्षका लागि थुनामा छन् । यस बर्ष इलाम सदरमुकामका २ जना ब्राउन सुगर सहित पक्राउ परेकोमा लागु औषध अन्तरगत उनीहरु विरुद्ध मुद्दा चलाईएको थियो । केहि महिना अघिमात्र सदमुकामका ब्राउन सुगरका प्रयोगकर्ताहरुले लागु औषध खरिद गर्नका लागि विभिन्न बहानामा सदरमुकामबाट चन्दा उठाउने गरेको जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी परेको थियो । उजुरीका आधारमा आरोपी पक्राउ परेपनि यथेष्ट प्रमाणको अभावमा रिहा गरिएको थियो ।
 प्रतिबन्धित लागुऔषध प्रयोगकर्ताका कारण परिवार र समाज नै उजाडिएकोले प्रयोगकर्ता र कारोबारीलाई कानुनी दायरमा ल्याई कानुनी उपचार गर्नुपर्ने एकथरीको तर्क छ भने अर्कोथरि प्रयोगकर्तालाई सुधार्न र सुरक्षित जीवन यापन गर्ने मौका प्रदान गर्न सचेतना कार्यक्रम काउन्सिलिङ जस्ता गतिविधि सञ्चालन गर्नुपर्नेमा विस्वास राख्छन् । इलाम प्रहरी आफै समुदाय, विद्यालय र विद्यार्थीसँग घुलमिल भई यस्ता चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुले आम समुदायले राहत महसुस गर्नसक्ने देखिन्छ । तस्वीर जिल्ला प्रहरी कार्यालय इलाम

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment