इलाम, ३० वैशाखः खाना पकाउने ग्याँस चुला सर्भिसिङ गर्न भारतीय नागरिकमात्र घर घरमा आउने चलन पहाडी मुलका युवाहरुले तोड्दै इलाम आइपुगेका छन् । सदरमुकामका प्रत्येक भान्छामा पुगेर एलपी (लिक्विफाइड पेट्रोलियम) ग्याँसको प्रयोग गर्ने सही विधि सिकाउदैछन् उनीहरु । प्रष्ट बोली, लोभ्याउने शैलीमा आफ्नो प्रोडक्टको बजारमा पहाडे युवाहरुले पनि गर्न सक्छन् भन्ने उदारहण दिएका छन् उनीहरुले ।
सिटिइभिटीबाट एलपी ग्याँस सम्बन्धि तालिम लिएपछि उनीहरुले घरदैलोमा सेवा दिन शुरु गरेका हुन् । १२ को संख्यामा आएका ती युवाहरुले इलाममा सेवा दिएको दुइ हप्ता भयो भने अझै एक हप्ता सेवा दिने उनीहरुले बताए ।
विशेषगरी सेवाग्राहीलाई ग्याँस सिलिण्डरको विषयमा इलामका प्रयोगकर्तालाई ज्ञान कम भएको पाइएको सेवा प्रदायक पाँचथरका दिपचन्द्र आङदेम्बेले चियाबारी दैनिकलाई बताए । उनले भने, “हामी ग्याँस सिलिण्डरको आयु, प्रयोग गर्ने विधि र विशेषत पाइपको विषयमा अवारनेस अभियान चलाईरहेका छौं ।” पोलिथिन र रबरका पाइपहरु प्रयोग गर्नै नहुने अर्का अभियन्ता पाँचथरनै स्थायी घर भएका शेरबहादर सुब्बाले बताए । तारको इनवियुल्ट पाइपमात्र ग्याँस प्रयोगमा सेफ्टी हुने उनको तर्क छ । उनीहरुले सेफ्टी पाईप समेत सेवाग्राहीलाई बिक्री गर्दै आएका छन् । बिक्री गरेको पाईपमा उनीहरुले ५ वर्षको ग्यारेण्टी दिएका छन् । सदरमुकामका २ हजार परिवारलाई ग्याँस प्रयोग गर्ने सुरक्षित विधिको विषयमा जानकारी दिने उनीहरुको लक्ष छ ।
0 comments:
Post a Comment