बुकबस इलाम आउने




इलाम, ४ जेठः अध्ययनसँग सम्बन्धित इक्युवमेन्टले भरिएको बुकबस इलाम आउने भएको छ । इलाम उद्योग वाणिज्य संघ, इलाम र अमेरिकी राजदुतावास काठमाडौको सहकार्यमा सञ्चालित अमेरिकन कर्नर (पुस्तकालय)को संयोजन तथा वर्ड वारियर्स नेपाल र काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवलको सहकार्यमा इलाममा बुकबस सञ्चालन हुन लागेको हो ।  पुस्तकहरु, ल्यापटप, आइप्याड, प्रोजेक्टर, साउण्ड सिष्टम, इण्टरनेट सुविधा सहितको गुड्ने बसले इलाममा जेठ ५ गतेदेखि १७ दिनसम्म इलाममा सेवा दिने अमेरिकन कर्नर इलामले जनाएको छ । इलामका विभिन्न विद्यालय र कलेजहरुमा शैक्षिक तथा कला कार्यशाला एवम प्रदर्शनी हुने अमेरिकन कर्नर इलाम उद्योग वाणिज्य संघको फेसबुक पेजमा उल्लेख छ । पेजमा सो बुकबसले पु¥याउने सेवा लिइ लाभान्वित हुन इलामबासी सबैमा अनुरोध गरिएको छ ।
क्विजोट्स कोभको पाँच परियोजनामध्ये एक बुकबस हो । यसलाई अमेरिकन दुतावासले फण्डिङ गरेको छ । सन् २०१३ को नोभेम्बरदेखि सञ्चालनमा आएको बुकबसले देशभरका ८० विद्यालय, कलेज तथा सामुदायिक केन्द्रका ६० हजार मानिसहरुलाई सेवा पु¥याइसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment