प्रवासमा भोगेको आफ्नो अनुभूतिः

नामः बुद्धिमान राई “मूर्ख”
नेपालको ठेगानाः इलाम न.पा. २, मालापथ देउराली टोल
मलेसियाको ठेगानाः Syarikat Boey Heng Sdn. Bhd.
Tel: 0390580573
No 47&49 Jalan Suash 5, 
Pikan Sg. Besi, KualaLampur M'sia
प्रवासको बसाई अवधिः नौ बर्ष 
प्रवासमा सम्बद्ध संस्थाः प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसिया
मेरो प्रवास बसाई करिब एकदशक नजिक हुदैछ । प्रवास सोचे जस्तो नहुन जानुमा ऐजेन्ट को पनि हात हुदो रहेछ भन्ने कुरा मैले प्रत्यक्ष देखेको छु । म लगायत ताप्लेजुङ्ग को एकजना र झापाको एकजना भाई गरेर जम्मा तीनजना एउटै ऐजेन्सी बाट सन् २००७ मा मलेसियाको लागि उडेका हौ । 
हामीलाई ऐजेन्सीले उडानको विहान एयरपोर्टमा पुगेर मात्रै हाम्रो डकुमेन्टहरु दियो । ती दिईएको डकुमेन्ट दुईखाले थिए । एजेन्टले त्यस समय भनेनुसार एउटा नेपाल एयरपोर्टमा देखाउने, अर्को मलेसिया एयरपोर्टमा देखाउने हो । मलेसियामा देखाउने डकुमेन्टलाई हतार हतार झोलामा हाल्नु भनेर ट्याक्सी भित्र हुँदानै झोलामा हाल्नु लगायो । हामीपनि बाईस पच्चिस दिन उडान कुरेर हैरान बनेको बेला त्यो डकुमेन्ट कहाँ हेर्ने ध्यान भयो र ? कतिखेर मलेसिया पुगौ जस्तो मात्रै भएको बेला । हाम्रो हवाई टिकट पनि बंगलादेश हुदै मलेसियासम्मको रहेछ । बंगलादेश ट्रान्जिट भएको कारण पाँच घण्टा पछि मलेसियन विमानबाट मलेसियाको उडान गरियो, तर अभागीको खप्पर जता गयो उतै ठक्कर भने झै मलेसिया विमानमा इन्जिनको गडबडीले गर्दा थाइल्याण्ड १९ घण्टा बसाई गरायो । त्यहाँ विमान मर्मत पछि चारघण्टाको नेपाल–मलेसिया उडान तीन दिनमा बल्ल पुरा गरेर मलेसिया आइपुगियो । 
मलेसिया एयरपोर्टमा आईपुगेपछि इमिग्रेसनले हाम्रो डकुमेन्ट हेर्दा ताप्लेजुङ र झापाको भाइहरु पेनाङ भन्ने ठाउँमा अनि म चाही क्वालालाम्पूरमा काम गर्ने भिषा भएको थाहा पायौं । तर एजेन्टले हामी तीनै जनाको भिषा हट एण्ड कोल्ड सुपरमार्केटको भनेको थियो, बिदेश को पहिलो पाइलामा नै एजेन्टबाट झुट बोलिएको थाहा पाएर विस्मात भयौ । 
मैले चिनेकै मेरो क्लासमेट साथी एजेन्ट भएको कारण मेरो भिषा भने ठिकैको कम्पनीमा रहेछ । हामी विदेश पस्नु अगाडी अनेकौ पारिवारिक समस्याहरुको सपना पुरा गर्ने लक्ष्य लिएर बिदेश आउछौ तर दुर्भाग्य भनौ, कैयौ साथीहरुले आफ्नो सपनाको पोका खोल्नै नपाई गन्तब्य स्थान आईपुग्दा दाँतमा ढुँगा लागेको महसुस गर्नु बाध्य छौ । यसरी बैदेशिक रोजगारमा लाखौ युवाहरु पलायन हुनु रहर होइन, देशको परिस्थितिले बाध्य बनाएको हो । हामीसँग शीप कलाकौशल छ तर ती शिप, कलाकौशललाई उजागार गर्ने माध्यम र राम्रो वातावरण हाम्रो देशमा छैन । यो हुनमा हाम्रो पनि कमिकमजोरी छन् । हामीले असल नेताहरु चुन्नुसकेनौं । मैले यस प्रवासमा आएको केही समय स्थानीय मले भाषाको अज्ञानताका कारण अप्ठारो महशुश गरे । मेरो काम तत्कालीन समयमा ईलेक्ट्रिक र फर्निचर पसलमा विक्री भएको सामानहरु लोरीमा (ट्रक) लिएर ड्राईभरसँग ग्राहकको घरमा पु¥याउनु जाने कुल्लीको काम हो । मेरो मेहनत र ईमान्दारिताको कारण आएको चारबर्षपछि म त्यही पसलको सेल्समेन र पसलको पूर्ण जिम्मेवारी सम्हालेर बस्ने नेपाली बन्नु पाएको छु । मैले मेरो मालिक को विश्वास जित्नु सकेको कारण यत्रो पसलको पूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएको देख्दा यहिको स्थानीयहरु पनि आश्चर्यमा पर्दछन् किनभने मालिक र मेरो भेट पसलमा हरेक सप्ताह वा दस दिनमा मात्रै हुन्छ । पसलको सम्पुर्ण आर्थिक कारोवार मैले नै सम्हाल्ने अवसर पाएको छु । मालिकले भनेनुसार दैनिक बिक्री रकम ड्राईभर मार्फत हेडक्वाटर मा पठाउने गर्दछु । तत्कालीन शुरुवाती दिनहरुमा भने भाषाको अज्ञानता भईन्जेल मलाई केही अप्ठारो आभास हुन्थ्यो किनकि मैले विहान ९ देखि बेलुकी ९÷१० बजेसम्म मले ड्राईभरसँग हिड्नु पर्दथ्यो । मलाई मले भाषा नआउने, मले ड्राईभरलाई ओराङपुत्ते (अंग्रेजी) भाषा नआउने । तर मले ड्राईभर मिलनसार भएको हुँदा हामी दुबैलाई एकअर्काको भाषा नआउदा अलिक दिन ईसारामा काम चलायौं । त्यो समय ड्राईभर र मैले सामान उठाउदा ईशारा नै बढी प्रयोग गर्दथ्यौ । भाषाको अभाव भएतापनि ड्राईभर मिलनसार हुँदा नैराष्यता चाँहि हटेर जान्थ्यो । अन्य खासै ठूलो दुख बेहोर्नुपरेन । यसको अर्थ प्रवासमा दुख छैन हैन ।
यहाँ धेरैले धेरै प्रकारको दुखकष्टहरुको सामाना गर्नुपरेको छ । प्रवासको कतिपय दुखहरु एजेन्टहरुको फोश्रो आश्वासन (झुटो एग्रिमेन्ट) को कारण छन् । कतिपय भाषाको अभाव र दक्षता भन्दा बाहिरको काम अरुको अधिनतामा गर्नु परेकोछ । कतिपय दुखहरु स्वयंबाट सिर्जित पनि छन् । जस्तो कि कुलतमा फस्नु, अरुको देखासिकी गरेर बिदेशी केटीसँग मायाप्रेममा फस्नु आदी । यी विभिन्न प्रकार को समस्याहरु मध्ये ऐजेन्ट र भाषाको अभावमा धेरै जसो अबैधानिक रुपमा काम गर्नु बाध्य बनेका छन् । यसरी अबैधानिक बनेर काम गर्दा श्रमशोषक मालिक प¥यो भने महिनाभर काम गरेतापनि पारिश्रमिक नपाउन सकिन्छ । पारिश्रमिक मागेको खण्डमा गुण्डा लगाएर पिट्ने र पुलिस लगाईदिने धम्किहरुको सामना गर्नुपर्दछ । त्यो भन्दा पनि जटिल कुरा अबैधानिक बनेर काम गर्दा दुर्घटनामा परियो भने वा अशक्त विरामी बनियो भने अस्पतालमा उपचार नपाई अकालमा मृत्युको मुखमा पुग्ने प्रवल सम्भावना रहन्छ । मलेसियामा ठुल्ठुला अस्पतालमा उपचार गर्नुलाई विदेशीहरुले पासपोर्ट नै दिनुपर्दछ । यो मलेसिया हरेक चिजको खुल्ला बजार भएको हुँदा यहाँ धेरै श्रमिक साथीहरु कुलत र विसंगतिमा परेका छन् । कतिपय साथीहरु मधपान गर्ने लतमा परेर पनि दुर्घटनामा परेका छन् । कतिपय साथीहरु जुवाजन्य खेलहरुमा संगतबाट फसेर आफ्ना परिवारको भविष्य अन्धकारमा धकेलिरहेका पनि छन् । यहाँ हामी स्वंयले के गर्ने के नगर्ने, सोच सम्झिनु जरुरी छ । यो प्रवासमा मैले देखेको अनुभूति बुँदागत रुपमा यस्तो छ । 
(क) भाषाको अज्ञानता हुनुः 
(ख) कामको दक्षता नहुनु (शिपविकाश को तालिम नलिई परदेश लाग्नु)ः
(ग) मधपानको सेवन तथा स्त्री लम्पट बन्नुः
(घ) एजेन्टको फोस्रो आश्वासनमा पर्नुः
(ङ) स्वास्थ्य प्रतिकुल काम नहुनुः 

यो प्रवासमा आउने सबैलाई मेरो सन्देश यसप्रकार छ । 
· सकभर प्रवासमा जान अगाडी गन्तब्य देशको स्थानीय भाषा र ऐन कानून बुझौं । 
· आफ्नो दक्षतानुसारको काम रोजौं ।
· प्रवासमा पुगेपछि नेपाली संघसंस्था मा आवद्ध बनौं ।
· सामाजिक संघसंस्था नभएको खण्डमा नेपाली दुताबासको सम्पर्कमा बसौं, दुताबासको फोन नम्वर राखौं । 
यी माथि उल्लेखित विभिन्न कारणहरुले आज नेपाली धेरै साथीहरु अलपत्र पर्नेगरेका छन् । तसर्थ समस्याहरुलाई प्रभावकारी रुपले समाधान गर्नुको खातिर पनि प्रवासमा संघसंस्थासँग आबद्ध हुन जरुरी छ भन्ने मेरो देखाई छ । प्रवासमा आईपर्ने यी विभिन्न बाधा, अडचनरुपी समस्याहरुबाट राहत महसुस गर्नुलाई हरेक श्रमिकहरु सङ्गठित हुन आवश्यक छ । 
मलेसियामा प्रवासी ईलामेली हरुको विषय पनि थोरै राख्नु चाहान्छु । हामी ईलामेलीहरु लाई पनि यी समस्याहरु नआउला भन्नु सकिन्न भन्ने कुरालाई मध्यनजर गरेर यस मलेसियामा प्रवासी ईलामेली जनसम्पर्क मञ्च सन् २००७ मा स्थापित गरेर त्यसलाई निरन्तरता दिईआएका छौं । हामी प्रवासी ईलामेलीहरुको पहलमा आजसम्म कैयौं जेल परेका र अस्वास्थ्यताको पिडा भोग्ने इलामेलीहरुलाई उद्घार गर्नु सकेका छौं । केहीको शवहरु अभिभावकको मञ्जुरिनामा कानूनी प्रकृया पुरा गरेर यही भूमिमा सदगत गरिदिएका छौ भने केहीको शब मृतकको निजी निवाससम्म पनि पु¥याईदिनु सकेको छौं ।  यो मलेसियामा प्राय अधिकतम ठुला कम्पनीहरु चाइनिज समुदायका छन् । ति ठुला कम्पनीहरुका मालिकहरुले दक्ष कामदरलाई प्यारो ठान्दछन् । दक्षता नहुँदा यस्ता कम्पनीमा कार्यरत श्रमिकहरु अत्याधिक दुर्घटनामा पर्ने हुँदा हाम्रो मञ्चले सदैव सदस्यहरुलाई सचेतताको सन्देश पनि दिनेगरेका छौं । हाल मञ्चमा अत्याधिक मात्रामा मञ्चसँग सम्वद्ध नरहेको श्रमिकहरुको समस्या आउन थालेको हुँदा मञ्चले सदस्य लिएका ईलामेलीहरुको मात्रै उद्धारमा सहकार्य गर्ने नीति अवलम्वन गरेको छ । मञ्चले हालसम्म गरेका विभिन्न आफ्नो गतिविधिहरु लाई “प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसिया” नामको फेसबुक पेजमा उजागार गर्दै आएको छ । मञ्चले आफ्नो ऐतिहासिक अधिवेशन यहि जुन महिनाको १२ तारिक आईतवार क्वालालाम्पूरमा अवस्थित त्जभ छ भ्ष्mिभलतक ज्यतभ िमा सम्पन्न गर्ने सुनिश्चित गरेको छ । तपाई हाम्रो आफन्त यस मलेसियामा कार्यरत हुनुहुन्छ, तर ईलामेली मञ्चसँग सम्बद्ध हुनुहुन्न भने मञ्चको अधिवेशन स्थलमा पुगेर सदस्यता लिनुहुन अनुरोध गरिदिनुहुन पनि सादार अनुरोध गर्दछु । प्रवासमा सहयोगी बन्दै श्रमिक को पिडालाई साझा ठान्नु नै मानवीयता हो । मेरो लागि भनेर होइन, हामी सबैको निम्ति भन्ने भावनासँगै जुट्नुछ ।
जय इलाम, जय इलामेली   धन्यवाद

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment