इलाम अस्पताल, अस्पताल कि रेफर केन्द्र ?, डाक्टरको व्यवहारले जन्मायो प्रश्नै प्रश्न

सुनिल गौतम
इलाम ८ वैशाखः  जेठ आठ गते शनिबार बिहान करिब ११ बजे एक जना बिरामीलाई लिएर इलाम अस्पताल पुगेँ । त्यहाँ केहि नर्सहरुका साथमा एक जना डाक्टर थिए । उनको नाम हो जितेन्द्र सिंह । हामीले बिरामीको चेकजाँचका लागि आवश्यक प्रक्रिया पु¥याउँदै डाक्टर सामु गयौँ । हामी इलाम अस्पतालको इमरजेन्सी कक्षमा पुगेर बिरामीको स्वास्थ्य स्थिति जाँच गर्न डाक्टरको अघिल्तिरको कुर्सीमा बस्यौँ । इमरजेन्सी टिकट काट्नको लागि माग ग¥यौँ । त्यहाँ कार्यरत डाक्टर सिंहले सामान्य छामछुम गरेकै भरमा बिना कुनै कागज भने– ‘यहाँ हुँदैन तल जानुहोस ।’
बिरामी चेक गर्दा पनि उनले बिरामीलाई असामान्य ब्यवहार गरे । उनले बोल्ने शब्दहरु अलि नै बढि ठाडो किसिमको सुन्ने जो कोहिले महशुस गर्न सकिन्थ्यो ।
मैले डा. सिंहलाई ठाडो शब्दको प्रयोग नगर्न विनम्र साथ अनुरोध गरे पनि । उनले सोझै प्रतिकार गरे झैँ गर्दै भने– ‘मेरो बोली नै यस्तै हो ।’
त्यति हुँदा हुँदै पनि हामीसँग भएका सोही बिरामीको अघिल्लो दिन जाँचेको पुर्जा सहित औषधि देखायौँ । औषधि हेर्दै उनले औषधि कहाँबाट लिएको प्रश्न गरे तर बिरामीलाई के भएको भनेर प्रश्न गर्न सायदै बिर्सिए क्यार । बिरामीको हालको स्वास्थ्य स्थिति जाँच नै नगरी बिना पुर्जा तल (सायद झापाको अस्पताल) जानु भने । राम्रोसँग जाँच्न आग्रह गर्दा पनि उनले बिरामी प्रति कुनै चासो ब्यक्त नगर्नुले इलाम अस्पतालमा कार्यरत डाक्टर सिंहको नियत प्रति अझ स्पस्ट हुन मन लाग्यो । के सरकारी तलब जसो गरे पनि पाक्ने नै हो त ? बिरामी थिए, इलाम नगरपालिका वडा नम्वर सातका खुसबिर अधिकारी । उनी सामान्य घाँटी दुखेर चेक गर्न इलाम अस्पताल आएका हुन । उनले मलाई पनि सहयोग गर्न आग्रह गरेपछि मैले नै उनलाई लिएर इलाम अस्पताल पुगेको थिए । 
इलाम अस्पतालमा लापरबाही हुने गरेको घटना त निकै पुरानो हो । तर केहि समय अघिबाट इलाम अस्पताल सुध्रियो भन्ने स्थानिय पनि फेला पर्दै गएका थिए । तर शनिबारको घटनाले फेरी इलाम अस्पताल पुरानै अवस्थामा आएको त हैन ? प्रश्न जन्मिन थालेको छ । हामीले यसबारे जनस्वास्थ्य कार्यालय इलामका प्रमुख राजकुमार पोख्रेललाई सम्पर्क गरेर घटनाका बारेमा बुझ्न खोज्यौँ । उनले इलाम अस्पताल र जनस्वास्थ्य कार्यालय फरक–फरक भइसकेको बताए । त्यसपछि हामीले पुन इलाम अस्पतालका प्रमुख डाक्टर प्रभु शाहलाई फोन सम्पर्क ग¥यौँ, उनी बिराटनगर भएको बताए । तै पनि हामीले घटनाका बारेमा उनलाई सुनायौँ । उनले इलाम अस्पतालमा नहुने भएर त्यसो भनेको होला भन्ने आँकलन काटे ।
हामीलाई सो घटनाले सामान्य प्रभाव परेकै हो । हामीले त इलामको बारेमा सामान्य जानकारी लिने पनि गरेका छौँ । तर गाउँबाट आउने र सामान्य लेखपढ गर्न पनि नजान्ने साथै इलाम अस्पतालको इमरजेन्सी कक्षको बारेमा थाहा नपाउने बिरामी त्यहाँ आउने हो भने तिनै डाक्टरले कस्तो ब्यवहार गर्लान ? के इलाम अस्पतालमा सामान्य घाँटी दुखेको चेकजाँच गर्ने र दुखाई कम हुने औषधि पनि छैन त ? के उनले बिरामी आउँदा बोल्ने शब्द र गर्ने ब्यवहार यस्तै हो त ? अनि उनको तल भनेको अस्पताल कहाँ छ ? बिरामीको राम्रो चेकजाँच नै नगरी रेफर गरिन्छ भने बाहिर इलाम अस्पताल नभएर रेफर केन्द्र नाम राख्दा के होला ?
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment