इलाम ८ जेठः किरातीहरुको महान् चाड उभौली पर्व इलाम सहित देशैभर धुमधामका साथ मनाइएको छ । यो पर्व राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले आ–आफ्नै तरिकाले मनाउन थालेका छन् । ती समुदायले शनिबार बिहानैदेखि प्रकृति, देवीदेवता र भुमिको पू
जा अर्चना शुरु गरेका छन् । यो पर्वमा बालीनाली सप्रियोस, अन्नबालीमा किरा, फट्याङग्रा नलागोस, प्रकृतिमा सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गरिन्छ ।
किरात लिम्बू समुदायले किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामको आयोजनामा इलाम नगरपालिका ९ बालनगाउँमा पूजा अर्चना भएको छ । दिउँसो च्याब्रुङ्ग प्रतियोगिता साथै नाँचगान तथा शुभकामना आदानप्रदान र विभिन्न सााँस्कृतिक कार्यक्रम गरिएको चुम्लुङले जनाएको छ ।
किरात समुदायले यो पर्वमा प्रकृतिको पूजासँगै मौलिक संस्कृति झल्काउने पोशाकमा सजिने, मीठो खाने, इष्टमित्र छिमेकीलाई बोलाएर मीठो परिकार खुवाउने गर्दछन् । उभौली पर्वको अवसरमा राजधानी सहित किरात समुदायको बसोबास रहेको क्षेत्रमा विशेष कार्यक्रम भएका छन् । किरात समुदायले उधौली र उभौली गरि दुई पर्व मनाउँछन् । वैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाइन्छ । उभौलीको अवसरमा किरात समुदायले मौलिक नाँचगान र झाँकी प्रदर्शन पनि गर्ने गर्दछन् ।
यसैगरी लिम्बू समुदायको बहुल्यता रहेको स्थानहरु इलामको धुसेनी, बरबोटे, फुएतप्पा, नामसालिङ, इभाङ, बाँझो लगायतका ठाँउमा यक्वा तङनाम मनाइएको थियो ।
यता किरात राई समुदायले पनि साकेला नाँच, मौलिक पोशाकहरुको प्रदर्शनी र पुजाआजा गरि विभिन्न कार्यक्रमहरुका साथ इलाम नगरपालिका २ ओपिधारामा साँस्कृतिक कार्यक्रम आयोजना गरे । किरात सुनुवार समुदायले पुवामझुवा ८ स्थित स्यादरथानमा पुजा गरेर वुरसिल नाँच लगायत कार्यक्रमहरु गरि मनाएको खबर प्राप्त भएको छ । याक्खा समुदायले नामसालिङ ८ मा देवीदेवताको पुजाआजा सहित इष्टमित्र भेट भएर रमाइलो गरि यो पर्व मनाएका छन् । भुजेल समुदायले पनि इलामको जमुना गाविसमा विभिन्न मौलिक संस्कृति झल्काउने कार्यक्रमहरुको साथमा उभौली पर्व मनाएका थिए ।
0 comments:
Post a Comment