विद्यायलय पोशाकमा नै अमर उमाविका विद्यार्थी मदिरामा मस्त


इलाम, १८ जेठः इलामको बरबोटेमा रहेको अमर उच्च माविमा कक्षा दश र कक्षा आठमा अध्ययन गर्ने छ जना विद्यार्थी मंगलबार विद्यालय समयमा नै मदिरा सेवन गरेर बेहोस भएपछि उपचारका लागि इलाम अस्पताल ल्याउनु परेको छ । 
केही हप्ता अगाडि मात्र जिल्ला प्रहरी कार्यालय इलामले बरबोटेकै रिब्स अंग्रेजी बोडिङ स्कुलमा लागुपदार्थ र दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम संचालन गरेको र अभिभावकहरुलाई पनि जानकारी गराएको थियो । तर नजिकै रहेको सरकारी विद्यालयमा भने मंगलबार झरी परेको मौसम विद्यार्थीहरु विद्यालय छाडेर नजिकैको मदिरा बिक्री गर्ने पसलमा गएर मदिरा सेवन गरे । मदिरा सेवन गरेपछि पाँच जना विद्यार्थी होस मै भए पनि एक जना विद्यार्थी वेहोस भए पछि विद्यालयले प्रहरीको सहयोगमा इलाम जिल्ला अस्पतालमा ल्याइएको थियो । 
मदिरा सेवन गरेका विद्यार्थीहरु यो भन्दा अगाडि मदिरा सेवन नगरेको भए पनि मंगलबार भने मदिरा सेवन गरेको स्वीकार छन् । चौध देखि पन्ध्र वर्ष उमेर समुहका विद्यार्थीहरुलाई मदिरा बिक्री गर्न पाईदैन् । तर मदिरा व्यापारीलाई क–कसलाई मदिरा बिक्री गर्ने कसलाई नगर्ने भन्ने कुरा सम्म थाहा नभएको वताउँछन । विद्यालय प्रशासनलाई विद्यार्थीहरु मदिरा सेवन गर्न गएको कुराको अत्तो पत्तो सम्म पनि छैन । प्राचार्य तुलाराम पुरीका अनुसार विद्यालयकोे टिफिन समयमा विद्यार्थी शिक्षकहरुलाई खाजा खानको लागि समय छुट्याईएको र सोही समयमा विद्यार्थीहरुलाई बाहिर जान छुट भएको हो । सोही छुट समयको दुरुपयोग गर्दै विद्यार्थीहरुले विद्यालय पोशाकमै मदिरा सेवन गरेका हुन् ।
विद्यार्थीको अवस्था बुभ्नको लागि यस संवाददाताले जिल्ला अस्पताल इलामको फोन नं. ०२७–५२००२२ मा साँझ साढे पाँच बजे सम्पर्क गर्दा फोन उठाउने एक महिलाले अस्पतालको इमरजेन्सी नं. ०२७–५२००४४ नम्बर उपलब्ध गराएको र त्यसमा साँझ ६ बजे सम्म लगातार सम्पर्क गर्दा समेत इमरजेन्सीको फोन उठ्न सकेन् । यता जिल्ला प्रहरी कार्यालयले भने सामान्य अवस्थामा आएका विद्यार्थीहरुलाई परिवारको जिम्मा लगाईने बताएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment