इलाम, १६ जेठः फोटोग्राफी आफ्नो हब्बी भएका तथा व्यवसायिक रुपमा फोटो पत्रकारिता गर्ने इलामे फोटोग्राफरहरुको एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । इलाममा फोटोग्राफरहरुलाई उत्साह थप्न इलाम आइपुगेका विकी लभ्स अर्थ नेपालका संयोजक विजय चौरासिया, सदस्यहरु जितेन्द्र शाह र विप्लब आनन्द सहितको टोलीसँग विकीमेडिया कमन्स र विकी लभ्स् अर्थका विषयमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा फोटोग्राफीका बेसिक कन्सेप्ट, क्यामेरा ह्याण्डल गर्ने तरिका तथा लाईटरुमको प्रयोगको विधिहरुमाथि छलफल गरिएको थियो । इलामको चियाबारी रोड र लभ डाँडामा २ घण्टासम्म फोटोवाक गरि विकी लभ्स अर्थ नेपालको टीमसँग इलामका फोटोग्राफरहरुले विभिन्न प्रकृतिका तस्विरहरु खिचेका थिए । इलाम र इलाममा लुकेका प्राकृतिक सम्पदाहरुलाई विश्वसामु चिनाउनुको लागि प्रतियोगितामा इलामका तस्विरहरु अपलोड गरिनु जरुरी रहेको प्रतियोगिताका नेपाल संयोजक विजय चौरासियाले बताए । नेपाल भन्नेवित्तिकै पोखरा र नेपालमा हिमाल मात्र भनेर विश्वसामु चिनिदै आएकोमा इलामलाई पनि यसरीनै विश्वसामु चिनाउन इलामका फोटोग्राफरहरुले महत्वपूर्ण भुमिका निभाउनुपर्ने बताउदै टीमका विप्लव आनन्दले इलामका धेरैभन्दा धेरै तस्विरहरु प्रतियोगीतामा सहभागी गराउनुपर्नेमा जोड दिए ।
विकीमेडिया कमन्सको विकीमेडिया परियोजना मार्फत विश्वभर रहेका प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गर्न प्रत्येक बर्ष अन्तराष्ट्रिय स्तरको फोटो प्रतियोगीता आयोजना हुदै आएको छ । यस बर्ष यस प्रतियोगीताको नाम विकी लभ्स अर्थ इन नेपाल २०१६ (विकीले पृथ्वीलाई माया गर्छ) राखिएको छ । कमन्समा अपलोड गरिएका तस्विरहरु प्रयोगकर्ताले विकीपेडियाका विभिन्न कन्टेन्टहरुमा प्रयोग गर्न सक्नेछ । कार्यक्रममा इलामका फोटोग्राफर भिम चापागाई, कोकिला ढकाल, सुदिप श्रेष्ठ, प्रविण श्रेष्ठ, हरि गुरुङ, दावा तामाङ, रजिन खड्का, राजेश पराजुली, निशान्त गुरुङ, गंगा सुनुवार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीहरुले आयोजित कार्यक्रमले इलामको फोटोग्राफीमा सहयोग पु¥याएको प्रतिक्रिया दिए । प्रतियोगीतामा भाग लिन तलको लिंकमा जानुहोस् ।
https://commons.wikimedia.org/wiki/Commons:Wiki_Loves_Earth_2016_in_Nepal
0 comments:
Post a Comment