करफोक, २३ वैशाखः इलामको करफोक खेल मैदानमा जारी तेस्रो नेपालकप फुटबल प्रतियोगिताको बिहीबारको सेमी फाईनलको खेल बाक्लो कुहिरोको कारण खेल आधा घण्टा अघि नै स्थगित भएको छ ।
आयोजक इलाम ११ र सशस्त्र प्रहरीको पुर्वाञ्चल टिमबीच भइरहेको प्रतियोगिताको दोस्रो हाफको १८औं मिनेटमा बाक्लो कुहिरोको कारण खेल मैदान नदेखिने समस्या भएपछि खेल स्थगित गरेको रेफ्रि सुरज मानन्धरले जानकारी दिए ।
फाइनल प्रवेशका लागि भइरहेको प्रतियोगिताको ५२औं मिनेटमा सशस्त्रका हरि कार्कीले पहिलो गोल गरेका थिए । दोस्रो गोल सशस्त्रकै उज्वल चेम्जोङले ६२ मिनेटमा गरेर टिमलाई अघि बढाएका थिए । खेल सकिन करिब २७ मिनेट बाँकी रहदा कुहिरोले अवरोध गरेपछि रेफ्रि मानन्धरले केहि समयका लागि खेल रोकेका थिए । मौसममा सुधार नआएपछि शुक्रबार बाँकी समय खेल खेलाउने गरी स्थगन गरेको राष्ट्रिय खेलकुद संघ इलामका अध्यक्ष लोक बहादुर शाहीले जानकारी दिए । शुक्रबार साविक अवस्थाबाटनै खेल शुरु हुने मानन्धरले बताए । स्पोट्स फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालको आयोजनामा शनिबार देखि इलामको करफोक खेल मैदानमा शुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी छन् ।

0 comments:
Post a Comment