इलाममा आयो ‘एक्सएल’ शक्तिवर्दक पेय पदार्थ

इलाम, २३ वैशाख: इलामको बजार नयाँ शक्तिवद्र्धक पेय पदार्थ भित्रिएको छ । एक्सएल व्राण्डको ‘एक्सएल’ नामक सो पेय पदार्थको इलाम सदरमुकाममा एक कार्यक्रम गरि ब्यापारी तथा उपभोक्तालाई जानकारी गराइएको हो । जिल्ला विकास समिति इलामको सभाकक्षमा भएको कार्यक्रममा जिल्लाका होटल ब्यवसायी, ब्यापारी, सञ्चारकर्मी तथा स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थितहरुलाई सो पेय पदार्थको स्वाद दिलाउनका लागि वितरण समेत गरिएको थियो । पोल्याण्डमा बनेको सो पेय पदार्थका बारेमा कम्पनीका निर्देशक रामराज प्रताप सिंहले जानकारी समेत गराएका थिए । 
मेची अञ्चलकालागि सन्दकपुर इन्टरप्राइजेजले सो पेय पदार्थ बिक्रीवितरण गर्ने जनाइएको छ । एक्सएलसँगै नेपालमा बनेको अन्य पेय पदार्थ समेत बिक्री वितरण गरिने जनाइएको छ । लिची, सुन्तला, आँप लगायतका फलफुलबाट समेत बनेका जुसहरु सो इन्टरप्राइजेजले बिक्री गर्ने माधव निरौलाले जानकारी दिए । भैरहवामा जुसको उद्योग रहेको छ । आगामी दिनमा चालीस प्रकारका अन्य पेय पदार्थ समेत थप्दै लैजाने कार्यक्रममा जानकारी गराइयो ।  नेपालका लागि राइट इन्टरनेश्नल ट्रेड्सले सो पेय पदार्थ बिक्री वितरण गर्दै आएको छ । अन्य पेय पदार्थभन्दा शुद्ध र गुणस्तरयुक्त रहेको कम्पनीले दाबी गरेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment