इलाम २२ वैशाख: इलाममा आगामी वैशाख २५ गते शनिबार मुटुरोग सम्बन्धि निशुल्क शिविर सञ्चालन हुने भएको छ । मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लाष्ट सेन्टरको आयोजना, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल इलामको व्यवस्थापन तथा करुणा फउण्डेशन इलामको सहयोगमा संचालन हुने शिविरमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको नेतृत्वमा १२ जना चिकित्सकको टोलीले चेक जाँच गर्ने जनाइएको छ । शिविरमा उपस्थित भएकाहरुलाई इसिजी तथा इको (मुटुको भिडियो एक्स्रे) र आवश्यक औषधि समेत निशुल्क वितरण गरिने बुधबार करुणा फाउण्डेशन इलामले पत्रकार भेटघाट गरि जानकारी गराएको छ । जिल्लामा भएका मुटुरोगीहरुलाई जिल्लामा नै सेवा पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको करुणा फाण्डेशन इलामका योगेन्द्र गिरीले जानकारी गराए । एकदिन सञ्चालन हुने शिविरबाट तीन सय जना मुटुरोगीले सेवा लिने आयोजकले अपेक्षा लिएको छ । मुटुरोग भएका १५ वर्ष मुनिका बालबालिका र ७५ वर्ष उमेर माथीका बृद्धबृद्धाहरुलाई सरकारले एक लाख सम्मको औषधि र उपचारमा सहयोग गर्ने गरेको छ । शिविरमा आएका गम्भिर मुटु रोगीहरुलाई तत्काल काठमाडौं बोलाएर आवश्यक उपचार गरिने बताइएको छ । इलाम आएका पाहुना चिकित्सकको टोलीलाई इलाम उद्योग वाणिज्य संघ इलामले एकछाक खानाको ब्यवस्था गर्ने भएको छ । करुणा फाउण्डेशन इलामले विशेष गरेर अपाङ्गता भएकाहरुका लागि काम गर्दै आएको अजित योञ्जनले जानकारी दिए ।
इलाममा हुने मुटुरोग शिविरमा डा. भगवान आउने

0 comments:
Post a Comment