इलामको करफोक खेल मैदानमा जारी तेस्रो नेपालकप फुटबल प्रतियोगिताको बुधबारकोे खेलमा काँकरभिट्ट फुटवल ट्रेनिङ सेन्टर झापा फाईनलमा प्रवेश गरेको छ ।
कञ्चनजंघा फुटबल क्लव सिलिगुढीलाई १–० गोलले पछि पार्दै काकरभिट्टा फाईनलमा प्रवेश गरेको हो । काकरभिट्टाका जर्सी न १४ का कर्ण लिम्बुले पहिलो हाफको ४१ मिनेटमा गोल गरेका थिए । कर्णको एक गोल नै काँकरभिट्टाका लागि फाईनल भिडन्तको प्रवेश कार्ड बनेको हो । सिलगुढीको टिमको कडा अवरोधका विचमा कर्णको प्रहारले विपक्षीको नेट चुमेको थियो । खेलपछि काँकरभिट्टा रक्षात्मक बनेको थियो । सिलगुढी भने पुरै समय फाईनल यात्राका लागि प्रयासरत रहेका थियो । सिलगुढीका अधिकाँस प्रहारहरु गोलपोष्ट माथिबाट बाहिरीए पछि धेरै अवसरहरु गुमेका थिए ।
काँकरभिट्टले चर्चीत फुटवल टिम झापा ११का कर्ण लिम्बु, विसाल राई सहितलाई मैदानमा उतारेको थियो । प्रतियोगितामा झापा ११ भने सहभागि छैन ।
स्पोट्स फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालको आयोजनामा शनिबार देखि इलामको करफोक खेल मैदानमा शुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागि छन् ।
तेस्रो नेपाल कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सो पुरस्कार स्थानिय तारा साप्कोटाले उपलव्ध गराएका हुन् ।
यसअघिका इलाको करफोकमा पहिलो प्रतियोगिता भएको थियो भने जनकपुर दोस्रो प्रतियोगिता सम्पन्न भएको राष्ट्रिय खेलकुद संघका अध्यक्ष लोकबहादुर साहिले जानकारी दिए ।
0 comments:
Post a Comment