क्यानडामा भीषण आगलागी

बैशाख २२, एजेन्सी: भीषण आगलागीका कारण क्यानडाको फोर्ट म्याकमुर्रेमा ६० हजार मानिसलाई सुरक्षीत स्थानमा सारिएको छ । अल्बेटा प्रान्तको सो शहरमा आगोका लपेटाले घरहरुमा क्षति पुगेको छ ।
आगलागी नियन्त्रणका लागी अग्नि नियन्त्रको टोलीसँगै पानीका फोहोरा हान्ने हेलिकप्टर समेत प्रयोग गरिएको बीबीसीले उल्लेख गरेको छ । आगोका कारण मानवीय क्षती भने नभएको अधिकारीहरुले जनाएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment