काठमाडौँः व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले कर नतिरे एनसेललाई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबारको सिंहदरबरमा बसेको लेखा समिति बैठकले नेपालको नीजी स्तरको मोबाइल कम्पनी एनसेलसँग जसरी पनि कर असुल्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मिनेन्द्र रिजालले भने, ‘सरकारले एनसेललाई कर तिर मात्र भन्ने होइन, कर तिर्न लगाउनुपर्छ । सरकारको निर्देशन नमाने एनसेल खारेज गर्नुपर्छ ।’
त्यस्तै, समितिका अर्का सदस्य वीरेन्द्र मिश्रले सरकार एनसेलसँग कर असुल्न चुकेको आरोप लगाए । उनले सरकारले कर जसरी पनि उठाउने बाटो अबलम्बन गर्नुपर्ने बताए । ‘सरकारी ढिला सुस्तीका कारण एनसेलले कर नबुझाएको हो । अब सरकारले एनसेलसँग जसरी पनि कर उठाउँने बाटो अबलम्बन गर्नुपर्छ ।’
उपेन्द्रकान्त अर्यालसँग स्पष्टिकरण
लेखा समितिको बुधबारको बैठकले प्रहरीको पार्का ज्याकेट खरिद सम्बन्धमा प्रहरी महानिरीक्षक उपेनद्रकान्त अर्यालसँग स्पष्टिकरण समेत लिएको छ । अर्यालसँग स्पष्टिकरण लिदैँ समितिले पार्सा ज्याकेट खरिदको आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ। यसघि महानिरीक्षक अर्यालले कानुनबमोजिम नै प्रहरी प्रधान कार्यालयले ज्याकेट खरिद गरेको स्पष्टोक्ति दिएका दिए।
अर्यालले आफू ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउने ब्रेथलाइजर मेसिन भने खरिद नगरेको स्पष्टोक्ति दिएका छन् ।
0 comments:
Post a Comment