बी.बी.की अस्मिताको जिपिए ३.८


इलाम, ३ असारः बी.बी. मेमोरियल बोर्डिङ स्कुल, साँखेजुङ ७, नेपालटार इलामकी विद्यार्थी अस्मिता खालिङ राईले ३.८ जिपिए हासिल गरेकी छिन् । उनले हासिल गरेको अंक इलाम जिल्लाकै सर्बोत्कृष्ट भएको दावी गरिएको छ । अस्मिता सहित सो विद्यालयका ४ जना बिद्यार्थीले ए प्लस अंक हासिल गरेका छन् । आफुले मेहेनत गरेबमोजिम अपेक्षित नै नतिजा पाएको उनले चियाबारी दैनिकलाई बताईन् । उनले हर्सित हुँदै भनिन्, ‘मेहेनत गरे अनुसार नै नतिजा आउदा धेरै खुसी छु ।’ उनी इण्ट्रान्स प्रिपारेसनका लागि हाल काठमाण्डौमा छिन् । अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली, अनिवार्य गणित, अनिवार्य स्वास्थ्य जनसंख्या वातावरण र ऐच्छिक कार्यालय व्यवस्थापन तथा लेखामा ए प्लस हासिल गरेकी छिन् । 
उनको ल्याएको नतिजाले विद्यालय परिवार मात्र नभई सारा गाउँमै हर्ष ल्याएको स्थानीय किशोर राईले  बताए । उनले भने, ‘महेनतको परिणाम महि नजादो रहेछ । सानैदेखि अस्मिता मेहेनती नै हुन् ।’ अस्मिताका हजुरबुबा मणिकुमार खालिङ राई र हजुरआमा मुल घर पुवामझुवा ८ डाँडेमा बस्छन् भने बुबा धनबहादुर र आमा प्रमिला पुवामझुवा ७ मा बस्छन् । अस्मिताका एक जना दाजु छन्, असिम । अस्मिता सानैदेखि कम बोल्ने स्वभावको रहेको उनको परिवारले जनाएको छ । सानैदेखि आफ्नो बुबाआमा तथा परिवारलाई पाल्छु भन्ने चाहना राखेको कुरा उनी सबैलाई बताउथिन् । विद्यालयका भाइस प्रिन्सिपल राम कटुवालले विद्यालयको मेहेनत, क्षमतावान शिक्षक र विद्यार्थीको पढ्ने वातावरणका कारण यस्तो नतिजा आएको बताए । अस्मिताले सेन्ट अप परिक्षामा पनि उच्चतम अंक ल्याएको उनले जानकारी दिए । यता विद्यालयका प्रिन्सिपल टेकेन्द्र बस्नेतले यस परिणामले मोफसलका विद्यालय पनि अब्बल हुन्छन् भन्ने प्रमाणित गरिदिएको प्रतिक्रिया दिए ।
यता हामीलाई प्राप्त जानकारी अनुसार ग्रीनभ्याली एकेडेमी इलामका ८ जना विद्यार्थीले ए प्लस ल्याएका छन् भने चौँतिस जना बिद्यार्थीले ए ग्रेडमा र तीस जना बिद्यार्थीले बी प्लस ल्याएका छन् । सो बिद्यालयबाट ७२ जना बिद्यार्थी एसएलसी परिक्षामा सामेल भएको प्रधानाध्यापक राजन माइकल गुरुङले जानकारी दिए ।  इलाम सदरमुकाम स्थित प्रज्ञा सदन बोर्डिङ स्कुलबाट तेत्तिस जना बिद्यार्थी परिक्षामा सामेल भएकामा एक जनाले ए प्लस, चार जना बिद्यार्थीले ए ग्रेड, सोह्र जना बिद्यार्थीले बि प्लस, एघार जना बिद्यार्थीले बि ग्रेड र एक जना बिद्यार्थीले सि ग्रेड हाँसिल गरेको निर्देशक बिकास कर्माचार्यले जानकारी दिए ।  सुनाखरी बोडिङ स्कुल भञ्ज्याङ इलामका एक जनाले ए प्लस, तीन जनाले ए, सात जनाले बी प्लस, सात जनाले बी र नौ जनाले सी प्लस ग्रेड हासिल गरेको विद्यालयका संस्थापक ललित चौहानले वताए । सदरमुकामका अन्य विद्यालयहरु मध्ये हेरिटेज नेसनल एकाडेमी र जुवीलियण्ट इलाइट एकाडेमी, ज्योती विद्या मन्दीर, ज्योती सदन बोडिङ स्कुल र मन्टेस्वरी बोडिङ स्कुल, इलाम विद्या मन्दीर  सँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । यसैगरि भानुभक्त उमाविबाट पचासी जनाले एक दशमलव छ प्रतिशत भन्दा माथी अंक प्राप्त गरे भने पाँच जनाले सो पुरा गर्न नसकेको शिक्षक अर्जुन फुएलले जानकारी दिए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment