इलाममा भखैरै सम्पन्न भएको ‘मिस इलाम एसएलसी आइकन २०१६’ को उपाधि नमुना अधिकारीले हात पारिन् । मुख्य उपाधिसँगै उनले मिस फोटोजेनिकको उपाधि पनि जितिन् । फस्र्ट रनर अपको उपाधि चेल्सी राईले जितिन् । उनले मिस चार्मिङको सबटाइटल पनि उनले जितिन् । यसै गरि सेकेन्ड रनर अपको उपाधि प्रजिना श्रेष्ठले जितिन् । उनले मिस बेष्ट ड्रेस र भ्युवर्स च्वाइस को सबटाइटल पनि प्राप्त गरिन् । उनै तीन उत्कृष्ठ प्रतिभासँग चियावारी दैनिकका लागि एसएन इलामेलीले गरेको कुराकानी: –
नमुनाले सदरमुकामको ज्योतिसदन बोर्डिङ स्कुलबाट बि प्लस मा २.९९ जिपिए, चेल्सीले सुर्योदय स्थित पिसलेण्ड एकाडेमीबाट बि ग्रेडमा २.८० जिपिए र प्रजिनाले बि प्लस मा ३.१५ जिपिएमा एसएलसी उत्र्तीण भएका हुन् ।
विनर नमुना अधिकारी
प्रश्न ः यो स्थानसम्म आउन कति मेहनत गर्नुभयो ?
उत्तर ः आफुलाई उच्च स्थान स्थानमा राख्न निकै मेहनत गरेँ । प्रतियोगिताबाट धेरै कुरा सिकेँ । अनुशासन र ठुलालाई आदार गर्ने बानीको विकास गरायो ।
प्रश्न ः परिवारले सहभागिता जनाउन कत्तिको सहयोग गर्नुभयो ?
उत्तर ः परिवारको साथ र सहयोग थिएन भने पक्कै पनि म यो स्थानमा हुने थिइन । बाबा ममीले मलाई धेरै नै सहयोग गर्नुभयो ।
प्रश्न ः आजभन्दा अघि हार ब्यहोर्नु परेको थियो ?
उत्तर ः अवश्य नै । एक पटक साडी लगाउने प्रतियोगिता भएको थियो । म त्यस अघि साडी राम्ररी लगाउन जान्दथेँ । तर त्यो प्रतियोगितामा साडी लगाउन जानिन । म त्यो दिन एकदमै रोएको पनि थिएँ ।
प्रश्न ः तपाइँसँगका अन्य साथी पछि पार्दा नराम्रो भएन ?
उत्तर ः प्रतियोगिता हो । अरुलाई जित्न मेहनत गर्नै पर्छ । मैले पनि गरेँ । सँगैका साथी पछि पार्दा नराम्रो लागे पनि जित्दा खुसी नै भएँ ।
प्रश्न ः के गर्ने लक्ष राख्नु भएको छ भविष्यमा ?
उत्तर ः पहिला त पढ्नै पर्छ पढ्छु नै । मेरो अंग्रेजीमा आर्टस् लिएर पढ्ने सोच छ । त्यससँगै घरपरिवारको सल्लाह अनासार नै अन्य काम पनि गर्ने छु ।
प्रश्न ः राजनीतिलाई कसरी लिनुभएको छ ?
उत्तर ः राजनीति मलाई राम्रै लाग्छ । केही समय अघिसम्म म राजनीति बुझ्दिनथेँ । बुझ्न थालेसँगै यसका राम्रा पक्ष पनि जान्न थालेँ । यसका नकारात्मक भन्दा पनि सकारात्मक कुरालाई वढि जोड दिन सक्ने हो भने राजनीति राम्रो हो ।
प्रश्न ः प्रतियोगिताले मुख्य गरि के कुरा सिकायो ?
उत्तर ः बाहिरबाट जस्तो देखिएपनि भित्र पसेपछि धेरै कुरा सिकियो । हामीले समय अनुसार सोच बदल्नु पर्छ । मलाई यो प्रतियोगिताले अब्बल बनाएको अनुभूति भएको छ । पहिला बोल्नै लाज लाग्थ्यो तर अहिले त्यो बानी बिस्तारै हट्दैछ । समाजमा एक खालको जिम्मेवार भएको महसुस पनि गराएको छ ।
प्रश्न ः अन्त्यमा के भन्न चाहनुहुन्छ ?
उत्तर ः महिलाहरुलाई यस्ता अवसरहरु आउँदा घरपरिवारले सहयोग गर्नु जरुरी छ । यस्ता अवसरहरुमा भाग लिन पाउनु नै गर्वको कुरा हो, अझ विनर नै बन्न पाउँनु त झनै ठूलो उपलब्धि हो । मोडलिङ क्षेत्रलाई सकारात्मक रुपमा लिन जरुरी छ । मलाई जसरी परिवारले साथ दिनु भयो उसैगरि यस्ता प्रतियोगितामा भाग लिन इच्छुकहरुलाई परिवारले साथ दिन जरुरी छ । बाहिरबाट यस्ता प्रतियोगितालाई नबुझी बोल्नेहरुले भित्र कस्तो हुन्छ भनेर बुझ्न पनि जरुरी छ ।
फस्र्ट रनरअप चेल्सी राई
प्रश्न ः यो भन्दा अघि कुनै प्रतियोगितामा भाग लिनुभएको थियो ?
उत्तर ः अँ, थिएँ । ती प्रतियोगिताहरुमा पनि म सफल नै भएकी थिएँ । तीनै प्रतिष्पर्धाले नै आजको सफलता प्राप्त गरेकी हुँ, खुसी लागेको छ ।
प्रश्न ः के दियो तपाइँलाई यो प्रतियोगिताले ?
उत्तर ः यो प्रतियोगिताले ब्यवहारमा परिवर्तन ल्यायो । सकारात्मक सोचको विकास गरायो । मलाई ठुलामान्छेसँग बोल्न पनि अफ्ट्यारो लाग्थ्यो । बोल्न सक्ने भएकी छु । ब्यक्तित्व विकास गराउन सहयोग पनि ग¥यो ।
प्रश्न ः यो स्थानसम्म आउनमा सवै भन्दा वढि सहयोग कस्को पाउनुभयो ?
सवैभन्दा वढि सहयोग त घर परिवारबाट नै भयो । अनी आयोजक र शुभचिन्तकले पनि सहयोग गर्नुभयो ।

उत्तर ः पहिलो प्राथमिकता त पढाई नै हो । ब्यवस्थापन संकायबाट पढ्ने तयारी गरिराछु । साथसाथै यस्तै प्रतियोगिताहरुमा भाग लिएर सफल बन्ने लक्ष लिएकी छु ।
प्रश्न ः अन्त्यमा केही भन्नु छ ?
उत्तर ः यस्ता प्रतियोगिता भइरहुन । धेरैले सहभागिता जनाउन पनि पाउन् । उनीहरुको पनि प्रतिभा प्रस्फुठन हुन सकोस । समाजले यस्ता प्रतियोगिताहरुलाई हेर्ने दृष्टि पनि सकारात्मक बन्न सकोस ।
सेकेन्ड रनर अप प्रजिना श्रेष्ठ
प्रश्न ः यहाँ सम्म आउन कति मेहनत गर्नु प¥यो ?
उत्तर ः मेहनत नगरी फल अवश्य पाइँदैन । त्यहि भएर यो स्थानसम्म आउन मैले धेरै नै मेहनत गरेँ ।
प्रश्न ः भविष्यमा के बन्ने लक्ष राख्नुभएको छ ?
उत्तर ः जीवन भनेको यौटा वाटो हो । यो बाटोमा हिँड्दै जाँदा धेरै ठाउँहरु आउँछन् । त्यस्तै हो तीनै ठाउँको भ्रमण जस्तै यो मिस इलामको उपाधि पनि । आफ्नो रुचि यौटा पाटो हो । रुचि भएर म यता लागेँ तर मेरो पहिलो प्राथमिकता भने पढाई नै हुने छ । मेरो लक्ष पनि अरुकै जस्तो नै हुने छ । राम्रो पढेर बिदेश जाने र अन्तराष्ट्रिय स्तरमा पनि मेरो नाम राख्ने धोको छ ।
प्रश्न ः यस्तो प्रतियोगितालाई कसरी लिनुभएको छ ?
उत्तर ः यस्तो प्रतियोगिता भनेको छोटा कपडा लगाउने मात्र हैन । त्यहाँ हाम्रो ट्यालेन्ट पनि मुल्याङ्कन भयो । सुन्दरता मात्र नभएर हाम्रो ब्यक्तित्वको कदर भयो ।
प्रश्न ः यसलाई समाजले कस्तो ढङ्गले लिएको महसुस गर्नुभयो ?
उत्तर ः इलाम यौटा सानो ठाउँ हो । धेरैले सकारात्मक र नकारात्मक दुवै कुरा गर्नुभयो । यहाँ नकारात्मक कुरा मैले देखिन । नकारात्मक कुरा थियो भने हामीलाई धेरै बौद्धिक ब्यक्तिहरुसँगको भेटघाट गराइन्नथ्यो होला । हामीलाई दिनै जसो हरेक नयाँ र राम्रा ब्यक्तिहरुको अनुभव साटासाट गर्ने अवसर मिलाइयो । यसले पनि हामीलाई धेरै ज्ञान दियो ।
प्रश्न ः यस्ता कुराहरुलाई चिर्न तपाँईको भ््ूमिका के हुनेछ ?
उत्तर ः यसलाई चिर्न अव म अझै यस्ता प्रतियोगितामा भाग लिन्छु । यस्ता प्रतियोगितामा भाग लिन चाहनेहरुलाई आफ्नो अनुभव सुनाउँछु र सहयोग पनि गर्छु ।
प्रश्न ः तपाईको बुझाईमा राजनीति के हो ?
उत्तर ः धेरैले राजनीतिलाई फोहोरी खेल भन्छन् । तर त्यो हैन । देश नै राजनीति गर्नेहरुले चलाएको छ । बिकास तिनीहरुबाट नै हुन्छ । त्यसैले राजनीतिलाई सकारात्मक रुपबाट बुझ्न पनि जरुरी छ ।
प्रश्न ः अन्त्यमा केही भन्नु छ ?
उत्तर ः हामी पनि यु्वतीहरु जती पनि छौँ । यो अवसर प्राप्त ग¥यौँ । इच्छा हुँदाहुँदै भाग लिन नपाउनेहरु पनि हुनुहुन्थ्यो । उहाँहरुलाई परिवारले सहयोग नगरेको हुन सक्छ तर यस्ता प्रतियोगितामा भाग लिन सहयोग गरौँ ।

0 comments:
Post a Comment