इलाम ४ असार ः प्रहरीले आनाधिकृत रुपमा लोड गरिएका ट्रक नियन्त्रणमा लिएको भन्दै ब्यवसायीले बिरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय इलामको टोलीले शुक्रबार साँझ लोड गरिएका गोलिया र चिरान गरिएका काठ (भेनियर पत्ता) सहित पाँचथर सहित जिल्लाका बिभिन्न क्षेत्रबाट झापातर्फ लैजाँदै गरेका ट्रक नियन्त्रणमा लिएको थियो । शिल गरिएका र आवश्यक पुर्जा पुरा भएका समेत गाडी पक्राउ गर्दा ब्यवसायीलाई आर्थिक भार परेको भन्दै गरेर खाने माध्यममा समेत प्रहरीले हस्तक्षेप गरेको ब्यवसायीको भनाई छ ।
बनकै कर्मचारीको रोहवरमा लोड भएका गाडी समेत नियन्त्रणमा लिनु प्रहरीको मनपरी भएको ब्यवसायीले वताए । ब्यवसायी देवेन्द्र मुखियाले बनका कर्मचारी सुवास अधिकारीको रोहवरमा नै लोड भएका आफ्ना ना ३ ख ५७६३ र ना३ख ४४६३ नम्वरका ट्रक नियन्त्रणमा लिएको वताए । प्रहरीले जिल्लाका बिभिन्न क्षेत्रबाट २२ वटा लोड भएका ट्रक नियन्त्रणमा लिएको थियो । उनले मेची राजमार्गको वाघखोरबाट लोड भएर आउँदै गरेका गाडी बाटोमा नै पक्राउ परेको वताए ।
पक्राउ परेका २२ वटा गाडी मध्ये १३ वटा गाडीको शिल समेत भएको थियो । बाँकी सातवटा गाडी इलामको धोविधारामा शिल गर्ने भनेर ल्याइँदै गर्दा धोविधारा नै आइ नपुगी बिचैबाट प्रहरीले नियन्त्रणमा लिइएको ब्यवसायीको दावी छ । बनको नियम अनुसार गाडीमा गोलिया लोड गर्दा समेत बन कर्मचारीको आवश्यक्ता पर्छ । ब्यवसायीले निश्चित क्षेत्रमा ट्रकमा सामान लोड गर्ने अनुमति लिनु पर्ने वताइएको छ । ब्यवसायीले रुख कटान आदेश पाएपछि घाटगद्धि लिने गरेको ब्यवसायी हरिकुमार पराजुलीले वताए । ट्रक लोड भए पछि तत्कालै शिल गरिनु पर्ने तर जिल्लामा बन कार्यालयबाट कर्मचारी अभाव भएको भन्दै चुरेघाँटी र धोविधारामा समेत शिल गर्न पाउने सहमति भएको ब्यवसायी पराजुलीले वताए । तीन वटा शिल भएका गाडी समेत प्रहरीले आफैँ शिल तोडेको ब्यवसायीले वताए ।
ब्यवसायीले आवश्यक काजपत्र पुरा गरेका गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको भन्दै राष्ट्रिय बन पैदावार ब्यवसायी संघ केन्द्रिय कार्यालय इलामले समेत विरोध गरेको छ । संघका अध्यक्ष सोनाम छिरिङ काजीले प्रहरीले बिना कारण गाडी नियन्त्रणमा लिएको वताए । उनले केहि गाडी शिल हुने ठाउँमा नै आउनु पुर्व गाडी नियन्त्रणमा लिएको भन्दै प्रहरीले यस घटनामा ज्याजती गरेको वताए । प्रहरी र बन कार्यालय बिचको तालमेल नभएका कारण पनि यस्तो घटना भएको ब्यवसायीको भनाई छ । कहाँ गाडी शिल हुन्छन् भन्नेबारे समेत प्रहरी बेखवर रहेर ब्यवसायीका गाडी नियन्त्रणमा लिएको उनीहरुको भनाई छ । यता इलामका प्रहरी प्रमुख सुशिलकुमार यादवका अनुसार आवश्यक अनुसन्धानका लागि गाडी नियन्त्रणमा लिएको वताए । उनका अनुसार शिल भएका गाडी नियन्त्रण पछि छोडिसकेको र शिल नभएका गाडी मात्र रहेको वताउँदै थप प्रक्रियाकालागि जानकारी सहित जिल्ला बन कार्यालयलाई पत्र पठाइएको वताए । प्रहरीले गाडी नियन्त्रणमा लिए पनि बन सम्बन्धि मुद्धा जिल्ला बन कार्यालयले मात्र हेर्ने जनाइएको छ । उता जिल्ला बन कार्यालयका सहायक बन अधिकृत हरिहर यादवका अनुसार आफुहरुले समेत काठ सहितका गाडी नियन्त्रणमा लिएको थाहा पाएको तर जिल्ला बन कार्यालयलाई आधिकारिक जानकारी नआएको वताए । उनले भने – ‘आधिकारिक जानकारी बिना हामीले केहि भन्न मिल्दैन ।’
0 comments:
Post a Comment