ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा केही सुधारको शंकेत देखिएको छ। विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको बुधबार साँझ अस्पतालले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ।
डा। लव जोशीले भने,’भोलिसम्म यही अस्वस्थामा राख्न सकियो भने सुधार मान्न सकिन्छ।’
यसैबीच कोइरालालाई भेट्न गएकाहरुले बताए अनुसार कोइरालाको आँखा खोलेका छन्।
शशांकलाई भर्खरै भेटेर फर्किएका शेखर कोइरालाका अनुसार बिहानको भन्दा अहिले केही सुधार आएको डाक्टरहरूले बताएका छन्। ‘तर पनि स्थिति अझै गभ्मीर छ,’ उनले भने,‘ औंषधिले केही सुधार ल्याएको हो। औषधिको डोज रातिको समयमा केही नघटाउने डाक्टरहरूले बताएका छन्।’
यसैबीच कोइरालाले उनलाई अहिले बाहिर लाने स्थिति नरहेको भन्दै एपोलो अस्पताल दिल्लीका डाक्टरहरूसँग नियमित सम्पर्क र सल्लाहमा यहाँका डाक्टरहरू बसिरहेका छन्।’
0 comments:
Post a Comment