बाढी र पहिरोबाट चार दिनमा ७५ जनाको मृत्यु


साउन १० गतेदेखि हालसम्म वाढी पहिरो लगायतको विपतवाट देशरमा ७५ जनाले ज्यान गुमाएका छन । त्यसमध्ये प्यूठानमा मात्रै ३८ जनाको मृत्यु भएको छ भने २ जना अझै सम्पर्कमा आएका छैनन् । वाढी पहिरोको विपत्तिमा परि ज्यान गुमाएका परिवारलाई ४० हजार र विस्थापितलाई ५ हजार नगद उपलव्ध गराइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गृह मन्त्रालयका अनुसार प्युठान, रोल्पा, पाल्पा, वाग्लुङ, गुल्मी, मकमानपुर सर्लाही उदयपुर लगायत २३ जिल्लामा वाढी पहिरो र डुवानमा परि पछिल्लो पाँच दिनमा ७५ जनाको मृत्यु भएको हो । त्यस्तै यी जिल्लामा १३ जना अझै वेपत्ता छन् भने ३१ जना घाइते रहेको गृह मन्त्रालयले जनाएको छ । साउन १० गते यताको वाढी पहिरो र डुवानमा परि देशैभरको जनजीवन निकै प्रभावित रहयो । जसवाट कयौ घरहरु डुवान र पहिरोमा पुरिनुका साथै धेरै परिवारको उठीवास नै भएको छ । यता गृह मन्त्रालयको विपत व्यवस्थापन केन्द्रले पानी पर्न रोकिसकेकोले अव विस्तारै जनजीवन सामान्य वन्दै जाने वताएको छ । विपतपछि सरकारले राहत र उद्दारको कामलाई प्रभावकारी ढंगले अगाडी वढाइरहेको मन्त्रालयको दाबी छ । प्रभावितहरुलाई खाद्य तथा गैर खाद्य समाग्री वितरण भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
राहात र उद्दारको कामलाई सरकारले प्रभावकारी वनाउन राज्यका सवै संयन्त्र  खटिरहेका र अरु पनि तयारी अवस्था रहेको गृह मन्त्रालयले जनाएको छ । जसमा नेपाली सेनाका ६५ हजार, नेपाल प्रहरीका ४५ हजार, शसस्त्र प्रहरीका ३० हजार, रेडक्रस र विपत क्षेत्रका जनशक्ति विपतपछिको उद्दार र राहतको लागि तयारी अवस्थामा रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै यस वर्षमात्रै देशभरीका विभिन्न जिल्लामा विपतमा परि १ सय ४७ जनाको मृत्यु भएको छ भने ४१ जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । देशभर वाढी पहिरो र डुवानका कारण ठूलो मात्रामा धनजनको क्षति भएको छ भने समयमा उद्दार र राहत पुर्याउँन नसक्दा पीडितहरुको विचल्ली भइरहेको छ । त्यसैले आपतविपदमा एकजुट हुने नेपाली भावनाको अझ बढी खाँचो देखिएको छ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment