पहिरो झरेपछि मध्य पहाडी राजमार्ग अवरुद्ध


 पाँचथर, १५ साउन । राष्ट्रिय गौरवको आयोजनाका रुपमा परिचित मध्य पहाडी लोकमार्गको पाँचथर र तेह«थुम खण्डका विभिन्न स्थानमा पहिरो गएसँगै यातायात अवरुद्व भएको छ । अविरल बर्षासँगै पाँचथरको फिदिम–५ सगरखण्डे क्षेत्रमा मात्रै शुक्रबार बिहानै आधा दर्जन अधिक स्थानमा पहिरो गएको छ भने च्याङथापु र ओयाम क्षेत्रमा दर्जन भन्दा धेरै स्थानमा पहिरो र ढिस्काले यातायात अवरुद्व गराएको छ ।
पहिरो गएर सडक अवरुद्व भएपछि शुक्रबार बिहान तेह«थुमको चुहानडाँडा र संक्रान्ती बजारवाट पाँचथरको सदरमुकाम फिदिम हुँदै झापाको बिर्तामोडतर्फ हिँडेका सयौं यात्री बाटैमा अलपत्र परेका छन् । भर्खरै मात्रै कालोपत्रे गर्ने काम सकिएको मध्य पहाडी लोकमार्गको फिदिम तेह«थुम खण्डमा पहिरोसँगै ठुला–ठुला ढुंगा खसेकाले स्कावेटर प्रयोग नगरी पन्छाउने सम्भावना नभएको यातायात व्यवसायीहरुले बताएका छन् ।
मध्य पहाडी लोकमार्ग पाँचथर तेह«थुमका साइड इन्जिनियर भरत आचार्यले निर्माण चरणमै रहेका उक्त खण्ड निर्माण व्यवसायीले काम सकेर ठेक्का बुझाउन बाँकी रहेको तथा आफुहरुसँग पर्याप्त उपकरण नहुँदा पन्छाउन ढिलाई हुनसक्ने बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment